मध्य हिउँद सकिन लागेपनि नदी नियन्त्रणको काम शुरु भएन्

Gandaki Pardesh notice

बेनी । मध्य हिउँद लाग्दा समेत म्याग्दीमा कटानको जोखिमयुक्त क्षेत्रमा नदी नियन्त्रणको काम शुरु भएको छैन् ।

नदी नियन्त्रण योजना निर्माणमा भएको ढिलासुस्तिका कारण तटीय क्षेत्रका बासिन्दा चिन्तित भएका छन् । गत बर्खाको असार, साउन, भदौ, असोज र कात्तिक महिनामा म्याग्दी, कालीगण्डकी र सहायक नदीले कटान गरेको ठाउँमा मध्य पुष सम्म पनि नियन्त्रणको काम शुरु भएको छैन् ।

कतिपय ठाउँमा बजेट र योजनाको अभाव भएको छ । बजेट बिनियोजन भएको केही पनि नदी नियन्त्रण योजनाको काम शूरु नभएको हो ।

Shreekrishna hardwear in news

गत बर्खामा बाढीले जिल्ला सदरमुकाम बेनीमा कालीगण्डकी, बेनी नगरपालिका–२ बगरफाँट, वडा नम्बर ३ दूधेखोला, वडा नम्बर ४ सिंगा, तातोपानी, मसार, तोराखेत र मालिका गाउँपालिकाको केन्द्र्र दरबाङ बजारमा कटान गरेको थियो ।

रुपाताल एकिकृत संरक्षण बिकास परियोजना मार्फत सञ्चालित बेनी बजार संरक्षण आयोजना र मालिका गाउँपालिकाले ठेक्का लगाएको दरबाङ बजार संरक्षण योजनाको काम शुरु भएको छैन् ।

Bhautik ministry notice about road
default

ठेक्का पाएका निर्माण ब्यवसायीले समयमा काम नगर्दा नदी नियन्त्रण जस्तो संबेदनशिल योजना निर्माणमा ढिलाई भएको मालिका गाउँपालिका–६ दरबाङका वडा अध्यक्ष सन्तोष सुबेदीले बताउनुभयो ।

“हिउँदमा नदीको सतह घटेको समयमा काम हुदैन, बर्खा लागेपछि काम शुरु हुन्छ,” उहाँले भन्नुभयो “गत बर्ष भएको ढिलासुस्तिले निर्माणाधिन पर्खालमा क्षति पु¥याएको घटना यसपाली नदोहोरिएला भन्न सकिदैन ।”

प्राकृतिक उपचार स्थलको रुपमा परिचित बेनी नगरपालिका–४ तातोपानीको मसारमा पनि नदी नियन्त्रण लागि बजेटको समेत ब्यवस्थापन नभएको स्थानीय कुमार केसीले बताउनुभयो । मसारमा नदी कटानबाट दुई वटा घर भत्किएका र १५ परिवार बिस्थापित भएका छन् । दुई सय घर कटानको जोखिममा छन् ।

सरस्वती माबी र ज्वालामाई भगवति आमा समूहको भवन समेत कटानको जोखिममा छ । तत्कालै नियन्त्रणको काम शुरु नगरे आउने बर्खामा म्याग्दी नदीमा आउने बाढीले थप क्षति गर्ने खतरा रहेको तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बताउनुभयो ।

बेनी नगरपालिकाको सहयोगमा नदी नियन्त्रण योजनाका लागि बजेट ब्यवस्थापनको पहल गर्न उर्जा, सिचाई तथा जलस्रोत मन्त्रालयमा जाने तयारी गरेको उहाँले बताउनुभयो । यसैगरी बेनी नगरपालिका–२ बगरफाँटमा पनि नदी कटान नियन्त्रणका लागि बजेट ब्यवस्थापन नहुँदा जोखिमको चिन्ता बढेको स्थानीय नारायण कार्कीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...