ताकममा स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिबिर

Gandaki Pardesh notice

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा बिहिबार स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।

धवलागिरी गाउँपालिकाको स्वास्थ्य शाखाले पाठेघरको मुखको क्यान्सर भएका बिरामी पहिचान गर्ने र पाठेघर खस्ने समस्या न्युनीकरणका लागि जनचेतना अभिबृद्धी गर्ने उद्देश्यले शिबिर आयोजना गरेको थियो ।

Bhautik ministry notice about road

शिबिरमा ८८ जनाले सेवा लिएका थिए । एक जना पाठेघरको शल्यक्रिया गर्नुपर्ने समस्या भएका बिरामी पहिचान भएकाले पोखरा रिफर गरिएको छ । पाँच जनालाई रिङ प्रेसरी राखिएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक सम्झना खाती कार्कीले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

चिकित्सक एकराज भण्डारी, स्टाफ नर्स एलीना पुर्जा, स्वास्थ्य शाखा संयोजक खाती, अनमी रुपा केसी, अहेब अबिना रिजाल, ल्याब प्राबिधिक बासुदेब आचार्य र महिला स्वास्थ्य स्वमसेविकाको टोलीले स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी बितरण सम्बन्धी सेवा दिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...