किसानी माबीलाई सात थान कम्प्युटर हस्तान्तरण

Gandaki Pardesh notice

धारापानी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा रहेको किसानी माबीलाई बिहिबार सात थान कम्प्युटर हस्तान्तरण गरिएको छ ।

संगम म्याग्दीका अध्यक्ष दिपक पौडेल र प्रशासन तथा बित्त प्रमुख सुमी जिसीले बिद्यालयका प्रअ धु्रब भण्डारी र शिक्षक अभिभावक संघका अध्यक्ष रामबहादुर खत्रीलाई कम्प्युटर हस्तान्तरण गर्नुभएको हो ।

Bhautik ministry notice about road

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा धवलागिरी गाउँपालिकाको समन्वय र संगम म्याग्दीको सहजिकरणमा सञ्चालित होप बिद्यालय परियोजना अन्तरगत कम्प्युटर उपलब्ध गराइएको संगमका अध्यक्ष पौडेलले बताउनुभयो ।

Shreekrishna hardwear in news

पहिरोबाट क्षतिग्रस्त भवन स्थानान्तरणका लागि परियोजनाको रु. ७३ लाख सहयोगमा किसानी माबिको धारापानीमा चार कोठे भवन निर्माणाधिन छ । प्रतिगोटा रु. ६९ हजारका दरले कुल रु. चार लाख ८३ हजार मूल्य बराबरको सात थान कम्प्युटर उपलब्ध गराएको अध्यक्ष पौडेलले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...