गुर्जामा हिउँमा पुरिएर एक जना बेपत्ता

Gandaki Pardesh notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा हिउँमा पुरिएर बिहिबार एक जना बेपत्ता भएका छन् ।

गुर्जाको सुकेलट्टे स्थित गोठमा बस्दै आएका ५० वर्षिय रामबहादुर छन्त्याल हिउँमा पुरिएर बेपत्ता भएका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

बस्ति देखि टाढाको गोठमा बस्दै आएका जगदेबी छन्त्याल, बुद्धी छन्त्याल र लालबहादुर बिक हिउँमा फसेर अलपत्र पर्नुभएको थियो । दिउँसो काठमाडौबाट नेपाली सेनाको हेलिकप्टर हिउँले बेपत्ता भएको ठाउँमा पुगेर फर्किएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सेनाको टोलीले हिउँमा फसेकाहरुलाई खाद्यान्न र बेपत्ताको खोजी गर्न गुर्जाबाट चार जना स्थानीयलाई सुकेलट्टेमा पु¥याएर फर्किएको म्याग्दीका प्रजिअ चिरञ्जिबी रानाले बताउनुभयो ।

भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने गुर्जा जोड्ने पदमार्ग, बिद्युत र मोवाइल फोन सेवा पनि अवरुद्ध भएको छ । छिमेकी वडा लुलाङबाट गुर्जा पुग्न पुरै दिन हिड्नुपर्छ ।

पैदल हिडेर घटनास्थल पुग्न नसकिने भएपछि उद्दार र बेपत्ताको खोजिमा सेनाको हेलिकप्टर बोलाएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...