धान उत्पादन घट्यो

Sinchai Khanipani notice

बेनी, । म्याग्दीमा यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादन घटेको छ । गत वर्षको तुलनामा शुन्य दशमलब ८९ प्रतिशतले धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

क्षेत्रफल घटेको र भित्र्याउने समयमा बर्षातले पु¥याएको क्षतिले उत्पादनमा असर पुगेको केन्द्रका कृषि प्रसार अधिकृत गोबिन्द पाण्डेले बताउनुभयो । गत बर्ष तीन हजार ८९० हेक्टर क्षेत्रफलमा खेती हुँदा १३ हजार ४८० मेट्रिक्टन धान उत्पादन भएको थियो ।

यस वर्ष तीन हजार ८८५ हेक्टरमा धान खेती भएको थियो । १३ हजार ३६० मेट्रिक्टन उत्पादन भएको कृषि प्रसार अधिकृत पाण्डेले बताउनुभयो । बैशाख–जेठ महिनादेखिनै बर्षा भएकाले कृषकले समयमै धान रोपाइ गर्न पाएका थिए ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

नियमित बर्षा भएकाले सिचाई सहज भएको थियो । रोगकिराको समस्या नदेखिए पनि कात्तिकको पहिलो साता भएको बर्षातले भित्र्याउन समस्या र २०० हेक्टरमा बोट ढलाएर क्षति गरेको थियो ।

म्याग्दीमा गौरी, जेठो बुडो, जर्नेली, पहँेले, मार्सि, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ«े, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ । लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिचाई आवश्यक नपर्ने घैया जातको धान खेती हुन्छ ।

अनुकुल मौसमका कारण मकै उत्पादन भने बढेको छ । यस बर्ष नौ हजार ४३५ हेक्टर क्षेत्रफलमा मकै खेती भएको थियो । गत वर्ष ३२ हजार २०० मेट्रिक्टन मकै उत्पादन भएकोमा यसपालि ३२ हजार २१० मेट्रिक्टन उत्पादन भएको छ । मकै म्याग्दीमा सबैभन्दा धेरै खेती हुने खाद्यबाली हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...