हिमपात र बर्षातले कृषकलाई राहत

Gandaki Ghumau

बेनी । म्याग्दीका कृषकहरुलाई बुधबारदेखि बिहानदेखिको हिमपात र बर्षातले राहत मिलेको छ ।

गत कात्तिक महिनादेखि बर्षात नहुँदा चिन्तित बनेका आकाशे पानीको भरमा खेती गर्दै आएका कृषहरुलाई राहत मिलेको हो । धवलागिरी गाउँपालिका–३ मुनाका करबहादुर पुनले हिउदेबालीका लागि बर्षातले फाइदा पुगेको बताउनुभयो ।

“जौ, गहुँ, केराउका लागि हिउँ र बर्षातले सिचाई भएको छ,” उहाँले भन्नुभयो “आकाशे पानीको भरमा खेती गर्ने कृषकहरुलाई राहत मिलेको छ ।” म्याग्दीको लेकाली क्षेत्रमा हिमपात भएको छ । तल्लो क्षेत्रमा बर्षात भएको छ ।

Shreekrishna

३० हजार ८५६ हेक्टर खेतीयोग्य जमिन भएको म्याग्दीमा १९ हजार ४९८ हेक्टर क्षेत्रफल खेतीको लागि प्रयोग भएको छ । छ हजार ५८ हेक्टर जमिनमा बाह्ै महिना सिचाई सुबिधा रहेको खानेपानी, सिचाई तथा जलस्रोत बिकास डिभिजन कार्यालय म्याग्दीको तथ्याङ्क छ ।

Gunasthariya Shiksya

हिउदे बालीका लागि सिचाई गर्ने समयमा भएको हिमपात र बर्षातले कृषकलाई फाइदा पुगेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोबिन्द पाण्डेले बताउनुभयो । “गहुँ जौ, उवालाई पहिलो सिचाई आवश्यक थियो,” उहाँले भन्नुभयो “पानी परेकाले सिचाई गर्न परेन् ।” बर्षा र हिमपातले हिउँदेबाली उत्पादन बढाउन सहयोग पुग्ने कृषि प्रसार अधिकृत पाण्डेको भनाई छ ।

म्याग्दीको धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कवाङ, मच्छिम, मराङ, ताकम, मालिकाको देबिस्थान, रुम, निस्कोट, बिम, मंगलाको पुर्णगाउँ, झाँक्रीपानी, किमचौर, रघुगंगाको कुइने, पाखापानी, झिँ, रुइसे, अन्नपूर्णको घोडेपानी, राम्चे, टिकोट, लेकगाउँ, बेनी नगरपालिकाको भकिम्ली लगायतका ठाउँमा हिउँ परेको छ ।

हिमपातसँगै बढेको चिसोले जनजिबन भने प्रभाबित भएको छ । बिहानदेखि भएको हिमपातले जनजिबन कष्टकर भएको घोडेपानी टोल बिकास संस्थाका अध्यक्ष बिरेन गर्बुजा पुनले बताउनुभयो । उहाँका अनुसार पाँच फिट बाक्लो हिउँ जमेको छ । हिउँ र पानी पर्ने क्रम साँझ सम्म् जारी छ ।

म्याग्दीमा यो सिजनमा पहिलो पटक हिमपात भएको हो । खोला, ताल, पधेरा र धारामा पानी जमेको छ । सर्बसाधारण घरभित्रै आगो तापेर बसेका छन् । याकचौरी, भेडाच्याङ्ग्रा र घोडा खच्चड लगायत पशुचौपायालाई गोठमै बाधेर राखेका छन् । कृषकरुले चरणका लागि लेकाली क्षेत्रमा लगेका पशु गोठ बेशी झारेका छन् ।

बर्खामा हिमालको फेदीका बुकी र चरन खर्कमा लगिएका गाई, भैसी, चौरी, भेडा, बाख्राको गोठ चिसो बढेसँगै गाउँ बस्ती आसपासका जंगल र पाखामा झारेका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...