म्याग्दीका लेकाली बस्तीमा हिमपात

Sinchai Khanipani notice

बेनी, म्याग्दीका लेकाली र उच्च पहाडी बस्तीमा बुधबार बिहानदेखि भएको हिमपातसँगै बढेको चिसोले जनजिबन प्रभाबित भएको छ ।

म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा, अन्नपूर्ण गाउँपालिका–६ को पर्यटकीय बस्ती घोडेपानी र वडा नम्बर ८ को राम्चेमा हिउँ परेको हो ।

आज बिहान ४ बजेदेखि हिमपात शुरु भएको घोडेपानी टोल बिकास संस्थाका अध्यक्ष बिरेन गर्बुजा पुनले बताउनुभयो । उहाँका अनुसार चार फिट बाक्लो हिउँ जमेको छ । हिउँ र पानी पर्ने क्रम जारी छ ।

Shreekrishna hardwear in news

म्याग्दीमा यो सिजनमा पहिलो पटक हिमपात भएको हो । खोला, ताल, पधेरा र धारामा पानी जमेको छ । सर्बसाधारण घरभित्रै आगो तापेर बसेका धवलागिरी गाउँपालिका १ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

Bhautik ministry notice about road

स्याउ, जौ, उवा, फापर बालीलाई बर्षात र हिउँले सिचाईमा सहयोग पुग्ने कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोबिन्द पाण्डेले बताउनुभयो ।

याकचौरी, भेडाच्याङ्ग्रा र घोडा खच्चड लगायत पशुचौपायालाई गोठमै बाधेर राखेका छन् । कृषकरुले चरणका लागि लेकाली क्षेत्रमा लगेका पशु गोठ बेशी झारेका छन् ।

बर्खामा हिमालको फेदीका बुकी र चरन खर्कमा लगिएका गाई, भैसी, चौरी, भेडा, बाख्राको गोठ चिसो बढेसँगै गाउँ बस्ती आसपासका जंगल र पाखामा झारेका छन् ।

अन्नपूर्ण ८ राम्चेमा भएको हिमपात । तस्बिर फासबहादुर गर्बुजाको फेसबुकबाट

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...