संस्कृति बचाउन नेवारी परिकार बनाउन सिकाउँदै तेर्सापट्टी बुहारी समूह

Sinchai Khanipani notice

पोखरा, पुस १०

पोखरा महानगरपालिका वडा नम्बर ३ तेर्सापट्टीमा रहेको तेर्सापट्टी बुहारी समूहले संस्कृति बचाउन नेवारी परिकार बनाउन सिकाउने भएको छ । नेवारी परिकारहरु चुलोमा पाक्न छाड्दा संस्कृति नै लोपोन्मुख हुने अवस्थामा पुगेपछि तेर्सापट्टी बुहारी समूहले समूह भित्रका महिलाहरुलाई नेवारी परिकार पकाउन सिकाउन लागेको हो । साथै सम्पूर्ण महिलाहरुलाई उद्यमी बनाउँदै आर्थिक सशक्तिकरण गर्ने उद्धेश्यले तालिम दिन लागिएको समूहले जनाएको छ ।

समूहले आफ्नो समूहमा आबद्ध ३० भन्दा बढी महिलालाई नेवारी परिकारहरु निःशुल्क रुपमा पकाउन तालिम दिन लागेको समूहकी अध्यक्ष नीलम उदासले जानकारी दिईन् । तेर्सापट्टी बुहारी समूहको आयोजनामा हुने तालिममा जोःजलपा नेवारी किचनका सेफले तालिम दिने उनले बताईन् । उनका अनुसार तालिममा योमरी, छोयला, समयबजी, चटामरी, बारा, तखला (बफ ग्रेभी), सन्यखुन्य (सिद्राको परिकार)लगायत पकाउन सिकाईनेछ । तालिममा भिन्तुना युवा क्लव तेर्सापट्टीले व्यवस्थापन सहयोगीका रुपमा सघाएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रारम्भिक तालिम शुरु भइसकेको छ । तालिमसँगै पुस १५ गते भने बृहद तालिमसहित ‘नेवारी परिकार उत्सव’ समेत आयोजना गर्ने बुहारी समूहको तयारी छ । ‘हामीले सिकाईरहेका छौं, पुस १५ गतेचाहिं प्रशिक्षार्थीहरुले पकाएका परिकारहरु चाख्न पाउनेगरी तेर्सापट्टीमा ‘नेवारी परिकार उत्सव’ गर्दैछौं–अध्यक्ष उदासले भनिन् । उनका अनुसार फुड फेष्टिभलमा पकाएका कुरा लाइभ हेर्न पाइनेछ । पुस १५ गते प्रशिक्षार्थीहरुलाई विहानैदेखि पकाउन सिकाइनेछ भने पूर्वाह्न ११ बजेदेखि अपराह्न ४ बजेसम्म ‘नेवारी परिकार उत्सव’ कार्यक्रम रहनेछ । उत्सवमा सहभागिहरुलाई भारी छुटमा परिकारहरु चखाइने समूहले जनाएको छ ।

लोपोन्मुख संस्कृति जोगाउँदै महिलाहरुलाई उद्यमी बनाउन प्रेरित गर्ने र आर्थिक सशक्तिकरण गर्ने उद्धेश्यले तालिम तथा ‘नेवारी परिकार उत्सव’ गर्न लागिएको नेवा मिसा पुचःकास्कीकी निवर्तमान अध्यक्ष शान्ती उदासले बताईन् । उनले आगामी वर्षमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताईन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...