दरवाङ–धारापानी सडक बन्द, बिम–ताकम बैकल्पिक सडक सञ्चालन

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मालिका गाउपालिकाको केन्द्र दरवाङ देखि धवलागिरी गाउपालिकाको केन्द्र मुना जोड्ने सडकको दरवाङ–धारापानी खण्ड मंगलबारदेखि बन्द भएको छ ।

जोखिमयुक्त बादिकाको उकालोमा नयाँ बैकल्पिक सडक निर्माण गर्न पुर्बाधार बिकास कार्यालय, स्थानीय प्रशासन, सुरक्षा निकाय र धवलागिरी गाउँपालिकाले अनिश्चितकालका लागि सवारी आवत जावत बन्द गरेको हो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद ढकालले जारी गर्नुभएको बिकल्पमा सडक निर्माणलाई सहज बनाउन बादिकामा बन्द गरिएपनि आवत जावतलाई सुरक्षित बनाउन दरबाङ–खारा–भारबाङ–ताकम–मुना बैकल्पिक सडक सञ्चालन गरिएको बताउनुभयो ।

Shreekrishna hardwear in news

गाउँपालिकाका र निर्माण कम्पनीले भरबाङ स्थित म्याग्दी खोलामा सात वटा ह्युम पाइप राखेर सवारी साधन आवत जावत गर्ने ब्यवस्था मिलाएको धवलागिरीका इञ्जिनियर सोबिन जिसीले बताउनुभयो । झारबाङ घाटमा पुर्बाधार बिकास कार्यालयले पक्कि पुल पनि निर्माण गरिरहेको छ । बर्खामा पहिरोले अवरुद्ध भएको सडक सफा र मर्मत गरेर यातायातका साधन सञ्चालन गर्न सकिने बनाइएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीसंग २०७६ चैत ४ गते रु. १४ करोड ३८ लाख ६७ हजार १७६ मा ठेक्का सम्झौता गरेको धुलीखेल–ब्राइट–कुवर जेभीले बादिकाको उकालोमा बैकल्पिक सडक निर्माण गरिरहेको छ ।

यसअघि मार्ग खोल्न बनाइएको सडक धेरै उकालो र ग्रेड नमिलेकाले जोखिमयुक्त भएको हुँदा दुई वटा घुम्ति थपेर करिब चार सय मिटर नयाँ मार्ग निर्माण गर्न लागिएको पुर्बाधार बिकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताउनुभयो ।

आगामी चैत ४ गतेसम्म ठेक्का अवधि भएको आयोजना अन्तरगत सडक फराकिलो बनाउने, ग्रेड तथा घुम्ति सुधार र पर्खाल निर्माण भइरहेको छ । दरवाङको म्याग्दी खोला मोटरेबल पुल देखि दङखोला सम्मको खण्डमा बिस्तार र पर्खालको काम सकेर नाली बनाइरहेको छ ।

दरबाङ देखि धारापानी गाउसम्मको सात किलोमिटर सडक स्तरोन्नति हुन लागेको हो । दरवाङ–दाङखोला–ताकम–मुना–ढोरपाटन सडक आयोजनालाई गण्डकी प्रदेश सरकारले (क) बर्गमा राखेको छ । सबै स्थानीय तहका केन्द्र जोड्ने सडकलाई स्तरोन्नति गर्ने प्रदेश सरकारको घोषणा अनुसार यो आयोजना सञ्चालन भएको हो ।

Bhautik ministry notice about road

पहिलो चरणमा बिस्तृत परियोजना प्रतिबेदन (डिपिआर) तयार भएको धारापानी सम्मको सडक स्तरोन्नतिको हालसम्मको प्रगति ३६ प्रतिशत छ । धारापानी देखि मुना सम्मको करिब १३ किलोमिटर सडक स्तरोन्नतिका लागि डिपिआर तयार पारेर अर्को चरणमा ठेक्का प्रक्रियामा लैजाने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

स्तरोन्नति गरेर सडकलाई ८ मिटर फराकीलो बनाइने भएको छ । ग्राबेल गरिने सडकको ग्रेड र घुम्ति मिलाउनुका साथै ग्यावीन, मेसिनरी पर्खाल निर्माण र केही ठाउँमा ढलान गर्ने लक्ष्य छ । एक दशकअघि ट्याक खुलेको दरवाङ–धारापानी सडक जोखिमयुक्त र डरलाग्दो छ ।

बादीकाको उकालोमा भिर र पहाडमा खनिएको सडक उकालो, साघुरो अनी जोखिमयुक्त छ । साढे तीन मिटर देखि चार मिटर फराकीलो सडकको घुम्ति मिलेको छैन् । स्थानीयबासीको अगुवाईमा ट्याक खुलेको सडक सामान्य मर्मतको भरमा सञ्चालन हुदै आएको थियो ।

यो सडक स्तरोन्नति भएमा धारापानी, ताकम, मुना, मुदी, लुलाङ, गुर्जाका बासिन्दाका साथै ढोरपाटन जाने आउने पर्यटकलाई समेत सुबिधा पुग्ने धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

यो सडकलाई दरवाङ–बिम–ताकम–मुना–जलजला–ढोरपाटन सडकको विकल्पका रुपमा लिइएको छ । यो सडक अन्तरगत मालिका र धवलागिरी गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको ३० महिना सम्म पनि काम शुरु भएको छैन् ।

फेदी स्थित दाङखोलामा मोटरेबल पुल बनाउन बि.स. २०७६ जेठ २२ गते ठेक्का सम्झौता भएको थियो । मालिका गाउँपालिकाको ५ र धवलागिरी गाउँपालिकाको ७ नम्बर वडाको सिमानामा पर्ने फेदीमा १८ मिटर लामो पुल बनाउन पुर्बाधार बिकास कार्यालय म्याग्दी र इन्द्रेणी–फेवा जे.भी. पोखराबीच रु. एक करोड ९३ लाखमा ठेक्का सम्झौता भएको थियो ।

फेदीमा गाउँपालिकाले अस्थायी मोटेरबल पुल बनाएर यातायात सञ्चालनको ब्यवस्था मिलाएको छ । बि.स. २०७७ र ७८ को बर्खामा दाङ खोलामा आएको बाढीले पुल पुरिएको थियो । पहिरो र बाढी पन्छाएर पुल सञ्चालनमा ल्याइएको छ ।

२५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलबिद्युत आयोजनाको बाँधको डुबान क्षेत्रमा पुल निर्माण स्थल पर्ने भएपछि सम्झौता लगत्तै काम गर्न गएका निर्माण ब्यवसायी फर्किएका थिए । जलबिद्युत आयोजनाको बाँध स्थानानान्तरण भएपछि पुल निर्माण शुरु गर्ने तयारी गरेको अवस्थामा बि.स. २०७७ असारमा आएको बाढीले निर्माण स्थललाई क्षतबिज्ञत बनाएपछि पुन सर्बेक्षण गरिएको थियो ।

पुर्बाधार बिकास कार्यालय म्याग्दीका प्रमुख सन्तोष अर्यालले डिजाईन परिवर्तन गरेर पहिलेकै निर्माण ब्यवसायी मार्फत पुल निर्माण गराउन लागिएको बताउनुभयो । “सम्झौता हुँदाको बर्ष दरबाङ म्याग्दीखोला जलबिद्युत आयोजनाको बाँधको डुबान क्षेत्र पर्ने भएकाले रोकिएको थियो,” उहाँले भन्नुभयो “बि.स.२०७७ बर्खाको बाढीले क्षति पु¥याएपछि रिडिजाइन गरि भेरीयसन अर्डर तयार गरि दाङखोलामा पुल निर्माण सुरु गर्ने तयारी भएको छ ।” यो योजनाको सम्झौताको म्याद आगामी चैत महिनासम्म थपिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...