प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगितामा जनप्रिय बिजयी

Gandaki Pardesh notice

बेनी । म्याग्दी बहुमुखी क्याम्पसले सोमबार बेनीमा आयोजना गरेको गण्डकी प्रदेशस्तरीय अन्तर क्याम्पस हाजिरीजवाफ प्रतियोगितामा जनप्रिय बहुमुखी क्याम्पस पोखरा बिजयी भएको छ ।

५ वटा क्याम्पसले सहभागिता जनाएको प्रतियोगितामा धौलागिरि बहुमुखी क्यापम्स बागलुङ द्वितीय र म्याग्दी बहुमुखी क्याम्पस तृतिय भएका छन् । प्रथम, द्वितीय र तृतिय हुने क्याम्पसलाई क्रमश नगद रु २० हजार, १५ हजार र १० हजार रुपैयासहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

Bhautik ministry notice about road

क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदी, क्याम्पस प्रमुख गोरखबहादुर जिसी र कार्यक्रम संयोजक नारायण पौडेलले पुरस्कार वितरण गर्नुभएको थियो । ३१ औँ बाषिकोत्सव र २० औ क्याम्पस सभाको अवसरमा क्याम्पसले हाजिरीजबाफ प्रतियोगिता आयोजना गरेको थियो ।

Shreekrishna hardwear in news

प्रतियोगितामा पोखराबाट जनप्रिय बहुमुखी क्याम्पस, पृथ्वीनारायण क्याम्पस, बागलुङको धौलागिरी बहमुखी क्याम्पस, न्यु वेष्ट प्वाईन्ट र आयोजक म्याग्दी बहुमुखी क्याम्पसको सहभागिता रहेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...