बेनीमा कांग्रेसको प्रदेश क्षेत्रको कार्यालय स्थापना

Gandaki Pardesh notice

बेनी । बेनीको गणेशटोलमा आइतबार नेपाली कांग्रेसको प्रदेश (क) को क्षेत्रीय कार्यसमितिको कार्यालय स्थापना भएको छ ।

काँग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ र प्रदेश सभा क्षेत्रीय कार्यसमिति ‘क’का सभापति ओमबहादुर छन्त्यालले कार्यालय उद्घाटन गर्नुभएको थियो ।

Bhautik ministry notice about road

यसैगरी प्रदेश सभा क्षेत्रीय कार्यसमिति ‘क’को कोषाध्यक्षमा नबिन केसी, सदस्यहरुमा खुमा सुवेदी पौडेल र पदमबहादुर बानियाँ मनोनित हुनुभएको छ । कार्यक्रममा सभापति गर्बुजाले कार्यालय स्थापनाले पार्टीको कार्यक्रम संचालनमा सहज हुने बताउनुभयो ।

Shreekrishna hardwear in news

उहाँले पार्टी संगठनलाई बलियो बनाउन र आगामी निर्वाचनमा पार्टीलाई बिजयी गराउनेतर्फ लाग्न निर्देशन दिनुभयो । प्रदेश सभा ‘क’का सभापति छन्त्यालले पार्टी कार्यसमितिलाई सक्रिय बनाउँदै पार्टीको कार्यक्रमलाई थप प्रभावकारी रुपमा अगाडी बढाउने बताउनुभयो ।

सभापति छन्त्यालको सभापतित्व, क्षेत्रीय उपसभापति सुजन बरुवालको स्वागत र सचिव चक्रबहादुर केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपसभापति तथा बेनी नगर प्रमुख हरिकुमार श्रेष्ठ, उपसभापति केबी भण्डारी, सचिवद्धय हिराबहादुर पुन र भरत रकाल, कोषाध्यक्ष अमृतमान शेरचन, सहसचिवद्धय श्रीराम पौडेल र धु्रवराज कार्की लगायतको उपस्थिती रहेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...