म्याग्दीका पाँच वटा स्थानीय तहका छब्बिस सय मतदाता थपिए

Gandaki Ghumau

बेनी, सदरमुकाम अवस्थित बेनी नगरपालिका बाहेक म्याग्दीका पाँच वटा स्थानीय तहमा सञ्चालित मतदाता नामावली संकलन बिशेष अभियानबाट दुई हजार ६०२ जना मतदाता थपिएका छन् ।

जिल्ला निर्बाचन कार्यालय म्याग्दीले मङसिर १७ देखि पुष ९ गतेसम्म धवलागिरी, मालिका, मंगला र रघुगंगा अन्नपूर्ण गाउँपालिकाको केन्द्रमा मतदाता नामावली संकलन गरेको थियो ।

मालिकामा ८३५, मंगलामा ७७९, अन्नपूर्णमा ४६७, रघुगंगामा २८९ र धवलागिरीमा २३२ जना मतदाताको तस्बिर सहितको नामावली संकलन भएको जिल्ला निर्बाचन अधिकारी भिमप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

Shreekrishna

धवलागिरी, मालिका र अन्नपूर्णमा मङसिर १७ देखि २९ गतेसम्म, मंगला र रघुगंगामा मङसिर २९ देखि पुष ९ गतेसम्म मतदाता नामावली संकलन अभियान सञ्चालन भएको थियो ।

बेनी स्थित जिल्ला निर्बाचन कार्यालय र प्रशासन कार्यालयमा भने निर्बाचनको मिती घोषणा नहुँदासम्मका लागि मतदाता नामावली संकलन जारी रहने निर्बाचन अधिकारी घिमिरेले बताउनुभयो ।

Gunasthariya Shiksya

जिल्ला प्रशासनमा दैनिक ६१ जनासम्म र निर्बाचन कार्यालयमा दैनिक ४० जनाको हाराहारीमा मतदाता नामावली दर्ता हुने गरेको छ । मालिका र मंगला गाउँपालिकाका राजनीतिकर्मीहरु सक्रीय भएकाले बढी मतदाता नामावली संकलन भएको हो ।

सम्भावित वडा र पालिकाका उमेद्वारले गाडी रिजर्भ गराएर सर्बसाधारणलाई नामावली दर्ता गराउन ल्याएका थिए । धवलागिरी र अन्नपूर्णमा भौगोलिक बिकटताका कारण कमले नाम दर्ता गराएका हुन् ।

गाउँपालिकाको केन्द्र अपायक पर्ने भएकाले धवलागिरी र अन्नपूर्णका केही वडाका नागरिक नाम दर्ता गराउन गएनन् । छुटेकाहरु नाम दर्ताका लागि बेनीमा आएका छन् । धवलागिरीको वडा नम्बर ५ मल्कवाङ र ६ मराङका बासिन्दाहरु मालिकाको केन्द्र दरबाङमा पुगेर नाम दर्ता गरेका थिए ।

निर्बाचन कार्यालयका अनुसार अभियान सञ्चालन हुनुअघिसम्म म्याग्दीमा ८० हजार १०० जना मतदाता रहेका थिए । छुटेका र नाम दर्ता गर्न योग्यता पुगेकाहरुलाई लक्षित गरेर म्याग्दीमा दुई चरणमा मतदाता नामावली संकलन अभियान सञ्चालन गरिएको हो ।

एक जना प्रमुख नाम दर्ता अधिकारी, ५ जना दर्तास्थल ब्यवस्थापक, ३ जना दर्ता कर्मचारी, ५ जना सहायक कर्मचारी र ५ जना दर्तास्थल सहयोगी गरि १९ जनाको ३ वटा टोली परिचालन भएका थिए ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...