स्तरोन्नतिका लागि पुष १५ गतेदेखि मालढुङ्गा–बेनी सडक दैनिक पाँच घण्टा बन्द हुने

Gandaki Pardesh notice

बेनी । स्तरोन्नतिका लागि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार बसेको सरोकारवालाहरुको बैठकले मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहज रुपमा गति दिन पुष १५ गतेदेखि २०७८ माघ १४ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवत जावत बन्द गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्रीको अध्यक्षतामा बसेको बैठकले पुष १५ देखि माघ १४ गतेसम्म प्रत्येक दिन बिहान १०ः३० देखि दिउँसो ३ः३० सम्म मालढुङ्गा–बेनी सडकमा यातायात बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Shreekrishna hardwear in news

सवारी साधनको चापले सडक बिस्तारको काम प्रभाबित बनेपछि बेनी–जोमसोम–कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालयमा समय ब्यवस्थापनको प्रस्ताव गरेर पत्राचार गरेका थिए ।

१३ किलोमिटर दुरिको सडक प्रभाबित क्षेत्रमा पर्ने जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, वडा नम्बर ४ का अध्यक्ष भिष्म मल्ल लगायत सरोकारवाला र सुरक्षा अधिकारीहरुको उपस्थितिमा बैठक बसेको थियो ।

Bhautik ministry notice about road

बैठकले सवारी आवत जावत बन्द गरिएको अवधिमा सवारी साधनको डाइभर्सन र ब्यवस्थापनका लागि सुरक्षा निकाय तथा सहजिकरणका लागि म्याग्दी, मुस्ताङ, बागलुङ र कास्की जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा बिकास निर्माणका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजिकरण गरिने भएको छ ।

मालढुङ्गा–बेनी सडक बन्द भएको समयमा बेनी–रत्नेचौर–बागलुङ हुदै मालढुङ्गा जोड्ने बैकल्पिक सडक प्रयोग गर्न सकिन्छ । एपेक्स–खड्का कृष्ण जेभीको सहायक ठेकेदार कम्पनी ओमकारेश्वरका सञ्चालक अमृत दाहालले हिउँदको अनुकुल मौसम भएको समयमा सडक निर्माणलाई तिब्रता दिन सवारी साधन रोकेर काम गर्न समय मागिएको बताउनुभयो ।

कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गा देखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक बिस्तार, सुधार गरि दुई लेनको बनाउन लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

मालढुङ्गा–बेनी सडक चिन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी कोरीडोर अन्तरगत पर्छ । २०७७ चैतमा रु. ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले बिभिन्न खण्डमा मजदुर र उपकरण परिचालन गरेर सडक बिस्तार, पर्खाल र नाली निर्माणको काम गरिरहेको छ ।

हाल पिच सहित करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर चाक्लो बनाएर एक मिटरको नाली र दुई लेनमा ८ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रबिधीको कालोपत्रे गर्न लागिएको हो ।
बि.स. २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रम अन्तरगत शुरु गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्रे भएको मालढुङ्गा–बेनी सडक पछिल्लो समय जिर्ण अवस्थामा थियो । सहायक सडक र पाखोबाट खस्ने पहिरो तथा खोलामा आउने बाढीले सवारी साधन आवत जावत प्रभावित हुने गरेका छन् ।

बर्खामा पहिरोले दैनिकजसो अबरुद्ध हुने सडकमा यात्रा गर्दा धेरै समय लाग्ने, गाडी परिवर्तन गर्दा झञ्जट हुने, दुर्घटनाको जोखिम र सास्ती भएको धाइरीङका हरि आचार्यले बताउनुभयो । सिंगो म्याग्दी र मुस्ताङ जिल्लाको साथै पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने मालढुङ्गा–बेनी सडक पर्यटकीय, ब्यापारिक र धार्मिक हिसाबले सम्भावनायुक्त छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...