म्याग्दीका बालबालिकालाई मोडर्ना खोप लगाउन शुरु

Gandaki Pardesh notice

बेनी । म्याग्दीका १२ देखि १८ बर्षमुनिका किशोर किशोरीहरुलाई कोरोना भाइरस बिरुद्धको मोडर्ना खोप लगाउन शुरु भएको छ ।

पुष १४ गतेसम्म छ वटा स्थानीय तहका १२ हजार ६८६ जना किशोर किशोरीहरुलाई मोडर्ना खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले अधिकांश बिद्यार्थी भएकाले उनिहरुलाई बिद्यालय र स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गरी खोप लगाउन थालिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

अभियान शुरु गर्नुअघि कार्यालय, स्थानीय तहका स्वास्थ्य शाखा र चौकीहरुले मोडर्ना खोप लगाउने लक्षित समुदायको तथ्याङ्क संकलन गरेका थिए । बेनी नगरपालिकाका पाँच हजार ५३२, मालिकाका दुई हजार २८, धवलागिरीका एक हजार ४६५, मंगलाका एक हजार ४४५, रघुगंगाका एक हजार ११४ र अन्नपूर्णका एक हजार १०२ जनालाई मोडर्ना खोप लगाउने लक्ष्य छ ।

खोप लगाउनका लागि ८६ वटा खोप केन्द्र कायम गरिएको छ । एक हजार ३०४ भाईल भ्याक्सिन आएको छ । धवलागिरी, मालिका, मंगला गाउँपालिका र बेनी नगरपालिकामा पुष ९ देखि १४ र बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा पुष ११ देखि १४ गतेसम्म खोप लगाउने समय तालिका बनाइएको छ ।

म्याग्दीका ३९ हजार ३९९ जनाले कोरोना बिरुद्धको पुर्णखोप लगाएका छन् । थप दश हजार १७८ जनाले पहिलो डोज खोप लगाएका छन् । पूर्ण डोज खोपमा कोभिशिल्ड, भेरोशिल्ड र एक डोज मात्र लगाउने जोन्सन एण्ड जोन्सन समेतका खोप समावेश छन् । लक्षित ७२ हजार ९७३ जनसंख्या मध्य २३ हजार ३९६ अर्थात ३२ प्रतिशतले अझै कोरोना बिरुद्धको खोप पाएका छैनन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...