राहुघाट निर्माण धमाधम

Sinchai Khanipani notice

तिल्केनीचौर । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले म्याग्दीमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदारले कार्यक्षेत्रमा काम शुरु गरेको छ ।

सम्झौता भएको दुई बर्षपछि भारत हेभी इलेक्ट्रकल्स लिमिटेड (भेल)ले काम शुरु गरेको हो । ४० मेगावाट क्षमताको राहुघाटको बि.स. २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्काको सम्झौता गरेको थियो ।

आयोजना प्रमुख राजबहादुर बिष्टले भेलले बिद्युतगृहमा अर्थिङ गरेर आयोजना स्थलमा काम शुरु गरेको जानकारी दिनुभयो । “सिभिल ठेकेदारले बिद्युतगृहको पुर्बाधार बनाउन थालेसँगै इलेक्ट्रोमेकानिकल ठेकेदार पनि आयोजना स्थलमा परिचालित भएको छ,” उहाँले भन्नुभयो “आयोजना ब्यवस्थापन, सिभिल र इलेक्ट्रोमेकानिकल ठेकेदार तथा परामर्शदाताले समन्वय गरेर बिद्युतगृह निर्माणलाई तिब्रता दिएका छौ ।”

Shreekrishna hardwear in news
DCIM\100MEDIA\DJI_0358.JPG

इलेक्ट्रोमेकानिकल ठेक्काको सम्झौता अबधी ३६ महिनाको हो । भेल भारतको सरकारी निर्माण कम्पनी हो । विद्युतगृह भित्रका उपकरण र स्विचार्डका उपकरण आपूर्ति, ढुवानी र जडानको ठेक्का लिएको भेलले डिजाइन तयार पारिसकेको जनाएको छ । सिभिल ठेकेदार जयप्रकाश एसोसियट्सले बेनी–जोमसोम सडकको छेउमा पर्ने रघुगंगा गाउँपालिका वडा नम्बर ३ को तिल्केनीचौरमा बिद्यूतगृह निर्माण शुरु गरेको छ ।
नेपाल विद्युत प्राधिकरणको शत प्रतिशत शेयर लगानीमा वि.स. २०७३ मा स्थापना भएको रघुगंगा हाइड्रोपावर लिमिटेडसँग बि.स. २०७४ मंसिरमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार जेपीले हालसम्म सर्चसाफ्ट र चार वटै अडित (मुख्य सुरुङमा पुग्ने पहुँचमार्ग) को ब्रेक थ्रु गरेको कम्पनीका प्रबन्ध सञ्चालक गणेश केसीले बताउनुभयो ।


भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा बिद्युत प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण गर्न लागिएको यस आयोजनाको हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । ४५ महिनाको म्याद सकिएपछि प्राकृतिक बिपद र कोरोना (भाइरस)को महामारीलाई कारण देखाएर एक वर्ष म्याद थप गर्न प्रस्ताव गरेको छ ।

पावरहाउस देखि दग्नाम र झिँको सिमानामा पर्ने बाँध सम्म ११ किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ । बुग्ल स्थित रघुगंगा नदीमाथि ४० मिटर लामो ट्रस प्रबिधिको मोटर चल्ने पुल निर्माण गरेको छ । छ किलोमिटर २०० मिटर लामो सुरुङ मध्य हालसम्म दुई हजार १८० मिटर निर्माण सकिएको छ ।


पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट र सुरुङको ब्रेक थ्रु भएर १७० मिटर गहिरो प्रेसर साफ्ट निर्माण शुरु भएको छ । अर्धजलाशययुक्त (पिआरओआर) प्रबिधिको बाँध रहने यस आयोजनाले सन २०२३ को जनवरी ३१ देखि वार्षिक चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य सहित २०७५ चैतमा विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।
सिभिल ठेकेदार जेपीले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । राहुघाटबाट उत्पादन हुने बिद्युत केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोर अन्तरगत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रशारण लाइनमा जोड्न लुप इन लुप आउट (लिलो)को चार वटा टावर तयार भएको छ ।

प्रभाबित क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तरगत बैसरी–रिसिन चौतारी पदमार्ग निर्माणका लागि रघुगंगा हाइड्रोपावरले रु. पाँच लाख बिनियोजन गरेको थियो । आयोजनाको सहयोग पाएपछि स्थानीयबासीले श्रमदान गरेर उकालो र भिरालो ठाउँमा रहेको जंगलभित्र ढुङ्गाको सिढी चिनेर पदमार्ग बनाएका हुन् ।

Bhautik ministry notice about road

भगवतिका बासिन्दा बेनी–जोमसोम सडकमा पुग्न, कालीगण्डकीमा शब दाह गर्न मलामी जान यो पदमार्ग प्रयोग गर्छन् । यो पदमार्ग भएर माझखर्क, ओखरेट हुदै गाउँपालिकाको केन्द्र मौवाफाँट र पर्यटकीय स्थल रुइसे पनि जान सकिन्छ ।

रिसिनचौतारीका बासिन्दा दुर्गाबहादुर केसीले पदमार्ग बनेपछि धेरै सुबिधा भएको बताउनुभयो । शब दाहसंस्कार गर्न कालीगण्डकीको घाटमा जाने मलामीहरुलाई पदमार्गले धेरै सुबिधा पुगेको केसीले बताउनुभयो ।

आयोजनाका प्रशासकीय अधिकृत मदन गिरीका अनुसार कम्पनीले रघुगंगा गाउँपालिकासँग समन्वय गरेर सामाजिक उत्तरदायित्वका कार्यक्रम मार्फत शिक्षा, स्वास्थ्य र बिकास गतिबिधीका लागि पछिल्लो एक बर्षमा रु. १५ लाख बराबर सहयोग गरेको छ ।

कोरोनाका संक्रमित पहिचानका लागि एन्टिजेन खरिद गर्न रु. एक लाख, आइसोलेशनमा बसेकाको खानाका लागि रु. चालिस हजार र प्रभाबित क्षेत्रमा पर्ने बुग्लमा पहिरो नियन्त्रणका लागि बाँस र नेपियरको बृक्षारोपण गर्न रु. छ लाख खर्च गरेको छ । सुरुङ खन्दा गरिने बिस्फोटनको कम्पनका कारण चर्किएका धरमपानीका दुई वटा घरलाई रु. ३३÷३३ हजार, दुई वटा घरलाई रु. ७०÷७० हजार मर्मतखर्च उपलब्ध गराएको प्रशासकीय अधिकृत गिरीले बताउनुभयो ।

बुग्लमा आयोजनाको पहुँचमार्गमा पुग्ने सडकका कारण पहिरोबाट जोखिममा परेको घरका एक वटा घरका धनीलाई रु. एक लाख ५६ हजार र अर्का घरका धनीलाई ५६ हजार मर्मत खर्च उपलब्ध गराएको छ । बुग्लमा बालीनालीमा पुगेको रु. दुई लाख पचास हजार मूल्य बराबरको क्षतिको क्षतिपुर्ति दिइसकेको छ ।

पिप्लेमा सुरुङ खन्दा भएको बिस्फोटले चर्किएर बस्न नमिल्ने भएका ९ वटा र मर्मत गर्नुपर्ने ७ वटा घर पहिचान गरि क्षतिपुर्ति उपलब्ध गराउन मूल्याङ्कन गरिएको छ । प्रभावित क्षेत्रका चार जनालाई खुला प्रतिस्पर्धाबाट आयोजनामा कर्मचारी नियुक्त गरिएको छ । रघुगंगा माबिको खेलमैदान संरक्षणका लागि गाउँपालिका र ठेकेदार कम्पनी जेपीसँग साझेदारी गरेर पर्खाल निर्माण शुरु गर्ने तयारी गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...