गलेश्वरमा कुरिति, दुब्र्यसनी र हानिकारक अभ्यास बिरुद्धको कार्यक्रम

Gandaki Pardesh notice

गलेश्वर । बेनी नगरपालिका–९ गलेश्वरमा शुक्रबार सामाजिक कुरिति, दुव्र्यसन एवं हानिकारक अभ्यास विरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा सहयोग र गलेश्वर शिवालय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा बालविवाह, बहुविवाह, बोक्सी प्रथा, मद्यपान जस्ता हानिकारक अभ्यास तथा दाइँजो प्रथा न्युनीकरण सम्बन्धी छलफल भएको थियो ।
कार्यक्रममा जिल्ला न्यायाधीश तेजनारायण पौडेलले समाजमा हुने चोरी र अपराधको श्रृङ्खलालाई रोक्नुपर्ने बताउनुभयो । उहाँले समाजमा हुने सानातिना अपराधका घटनालाई समयमै रोक्न नसकेमा यसले ठूलो दुर्घटना निम्त्याउन सक्ने बताउँदै सबै मिलेर सामाजिक कुरितीको अन्त्य गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

Bhautik ministry notice about road

न्यायाधीश पौडेलसहित म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, प्रहरी नायव उपरीक्षक श्यामकुमार राई, सामाजिक विकास कार्यालय प्रमुख रमेश थापा र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीका अध्यक्ष दीपक पौडेलले लागूपदार्थ दुव्र्यसनीको असर तथा नियन्त्रणका उपाय, कानुनी उपचार, हानिकारक अभ्यास एवं सकारात्मक सोचलगायत विषयहरुमा सहजीकरण गरिएको थियो ।

Shreekrishna hardwear in news

गलेश्वर शिवालय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दिपक कार्कीको अध्यक्षता र कोषाध्यक्ष निलकण्ठ सुबेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सामाजिक बिकास कार्यालयका प्रमुख रमेश थापाले उद्देश्यमाथी प्रकाश पार्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...