ताराखेतमा बाली उपचार शिबिर

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ तोराखेतमा शुक्रबार बाली उपचार शिबिर सम्पन्न भएको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजनामा भएको शिबिरमा मंगलाको २, ३ र ५ नम्बर वडाको कस्केरी, पोक, कोत्रबाङ, ताराखेत र सिमका कृषकले सेवा लिएका थिए । २२ जना कृषकहरुले शिबिरबाट सेवा लिएका कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत निर्मला कटुवालले जानकारी दिनुभयो ।

“कृषकले ल्याएको बालीको नमुना र कृषकले दिएको जानकारीको आधारमा जैबिक उपचार र बिषादीको सिफारिस र परामर्श दिएका छौ,” उहाँले भन्नुभयो “कृषकहरुले आफ्नो खेतबारीमा रोग र किराको समस्या देखिएका बिरुवाका नमुना ल्याएर शिबिरमा आउनुभएको थियो ।”

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

अन्न, फलफुल, तरकारी र अन्य बालीको पकेट क्षेत्रलाई समेटेर समस्या देखिएका क्षेत्र र रासायनिक बिषादीको धेरै प्रयोग हुने क्षेत्रका कृषकलाई लक्षित गरेर बालि उपचार शिबिर आयोजना गरिएको हो ।

गोलभेडामा डढुवा, डाठ कुहिने, पात खाने किरन र सेतो झिँगा, आलुमा डडुवा, बन्दामा पुतली र लाही, काउलीमा अल्टरेरिया थोप्ले, डाठ कुहिने, सुन्तलामा कालो ध्वाँसे र टुप्पा सुक्ने समस्या लिएर कृषकहरु शिबिरमा आएका थिए । कृषकहरुले रोगी र समस्या देखिएका बिरुवाको नमुना ल्याएर आएका थिए ।

बाली संरक्षण अधिकृत कटुवाल, प्राबिधक सहायक श्यामशरण कुर्मी, प्रशान्त पौडेलले सेवा दिनुभएको थियो । रश्मी आचार्यले सहजिकरण गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...