पब्लिक भिजनको अध्यक्षमा लक्ष्मण शर्मा

Sinchai Khanipani notice

बेनी । पब्लिक भिजन केवल नेटवर्क सहकारी संस्था बेनीको शुक्रबार बेनीमा सम्पन्न १३ औ साधारणसभा तथा छैठौ अधिबेशनबाट लक्ष्मण शर्माको अध्यक्षतामा सञ्चालक समिति चयन भएको छ ।
समितिको उपाध्यक्षमा धु्रवराज कार्की, सचिवमा हरि प्रसाद पौडेल, कोषाध्यक्षमा ऐकेन्द्र रावल र सहसचिवमा रामप्रसाद पौडेल चयन हुनुभएको छ । सदस्यहरुमा ज्ञानेन्द्र श्रेष्ठ, गोविन्द बानीयाँ, हरिकृष्ण गौतम, भुलमाया तिलिजा, दिनानाथ रेग्मी, हिराबहादुर पुन, गोविन्द पौडेल र गोपाल भट्टचन चयन हुनुभएको छ ।
अमृतादेवि बानीयाँको संयोजकत्वमा विनोद कुमार श्रेष्ठ र सुमन बानीयाँ सदस्य रहेको लेखा समिति गठन भएको छ । जेष्ठ शेयर सदस्य सूर्यबहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको अधिबेशनको अवसरमा प्राबिधिक सुन्दर बानियालाई नगद रु. पाँच हजार पाँच र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
रु. एक करोड २५ लाख ५२ हजार २ सय सेयर पुजि रहेको संस्थाले गत बर्ष ४२ लाख बराबरको आम्दानी र त्यतीनै खर्च गरेको छ । अध्यक्ष टंक हमालले प्रस्तुत गर्नुभएको बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष बिरबहादुर थापाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ । गत बर्षदेखि शुरु गरेको इन्टरनेटलाई प्रभावकारी बनाउने नवनिर्बाचित अध्यक्ष शर्माले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...