रघुगंगाको ११ औँ सभाबाट थप बजेट बिनियोजन, संस्था दर्ता बिधेयक पारित

Gandaki Pardesh notice


बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाको ११ औ गाउँसभाले संस्था दर्ता विधेयक–२०७८ पारित गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा शुक्रवार सम्पन्न सभामा अध्यक्ष भबबहादुर भण्डारीले पेश गर्नुभएको प्रस्ताब छलफलपछि पारित भएको हो । संस्था दर्ता सम्बन्धी बिधेयक पारित भएपछि गाउँपालिकामा संस्था दर्ता, नबिकरण सम्बन्धी काम गर्न कानुनी बाटो खुलेको छ ।
सभाले पालिकाको बिनियोजन गर्न बाँकी बजेट बाँडफाड समेत गरेको छ । पालिकाको नगद मौज्दातबाट विभिन्न २९ योजनाका लागि रु १ करोड ६२ लाख  ४१ हजार २०५ बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, वडा नम्बर ५ झिँको वडा कार्यालयको जग्गा प्राप्तीको रकम भुक्तानीका लागि रु ३० लाख र गाउँपालिकाको सभाहलका लागि रु २५ लाख बजेट विनियोजन भएको छ । त्यसैगरि झिँ–पाखापानी सडक कालोपत्रेका लागि प्रदेश सरकारको योजनामा साझेदारीका लागि रु २५ लाख बजेट समेत विनियोजन गरिएको छ ।

????????????????????????????????????
Bhautik ministry notice about road


त्यसैगरि दुई वटा योजाको रु ५० लाख १० हजार रकमलाई संशोधन गरि २२ वटा योजनामा रकम विनियोजन गरिएको छ । अन्य सार्वजनिक निर्माणतर्फ ३ वटा योजनामा  रु ५ लाख बजेट विनियोजन भएको छ । सभामा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले चालु आर्थिक बर्षका लागि विनियोजन भएका योजनाको प्रभाबकारी कार्यान्वयमा सम्बन्धित उपभोक्ता र जनप्रतिनिधि जुट्नुपर्ने बताउनुभयो । यस आर्थिक बर्षका लागि गाउँपालिकामा जम्मा बिनियोजन भएको रु ४५ करोड ९ लाख ९ हजार मध्ये चालुतर्फ ३० करोड ३३ लाख ८४ हजार ३ सय र पुँजीगततर्फ १४ करोड ७५ लाख २४ हजार ७ सय रहेको छ । हालसम्म चालुतर्फ ६ करोड ८० लाख ५८ हजार  र पुँजीगत तर्फ रु १ करोड १९ लाख ३६ हजार खर्च भएको जनाईएको छ । सभामा लेखा समितिका संयोजक रिम कटुवालद्धारा प्रस्तुत बेरुजु फस्यौट सम्बन्धी प्रस्ताब बमोजिम रु ४५ लाख बराबरको बेरुजु नियमित गर्ने निर्णय समेत भएको छ ।

Shreekrishna hardwear in news


गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले संघीय संरचनाको पहिलो कार्यकाल भएकाले अनेकौ चुनौति र समस्याहरुका कारण जनताको अपेक्षा बमोजिम विकास निर्माण हुन नसकेपनि सन्तोषजनक रुपमा गाउँपालिकामा विकासका पूर्वाधारहरु बनेकोमा जोड दिनुभयो ।
त्यसैगरि वडा नम्बर १ का अध्यक्ष बिलबहादुर फगामी, २ का अध्यक्ष रिम कटुवाल, ३ का अध्यक्ष जीवनकुमार मल्ल, ४ का अध्यक्ष रुकबहादुर गर्वुजा, ५ का अध्यक्ष मनबहादुर शेरमञ्जा, ६ का अध्यक्ष मनकुमार शेरपुञ्जा, ७ का वडा सदस्य लक्ष्मण पुन र ८ का वडा सदस्य प्रीति गर्वुजाले गाउँपालिका मार्फत कार्यान्वयन भएका विकास निर्माण योजनाहरुलाई पारदर्शी र प्रभाबकारी बनाउन वडा मार्फत आबश्यक पहल गरिरहेकोमा जोड दिनुभएको थियो । गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षता, उपाध्यक्ष तिलिजाको स्वागत र प्रमुख प्रशासकीय अधिकृत सुवेदीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...