कारागारमा बिद्युत जडान सम्बन्धी तालिम

Sinchai Khanipani notice

बेनी । म्याग्दीका कैदीबन्दीलाई हाउस वायरीङ (बिद्युत जडान) सम्बन्धी तालिम दिइएको छ ।

जिल्ला कारागार शाखा म्याग्दीको आयोजनामा सात दिनसम्म सञ्चालन भएको तालिम बिहिबार सकिएको हो । २० जना कैदीबन्दीहरुलाई बिद्युत जडान सम्बन्धी तालिम प्रदान गरिएको म्याग्दी कारागारका प्रमुख धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

“सिपको बिकास गरी कारागारमुक्त भएपछि समाजमा पुर्नस्थापना र आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो “बन्दीगृहमा सिकेको सिपले कारागारमुक्त भएपछि आफ्नो ब्यवसाय र आयआर्जन गर्न सहज हुने अपेक्षा छ ।”

Shreekrishna hardwear in news

तालिमको सहजिकरण अर्जुनबहादुर केसीले गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी चिरनञ्जिबी राना र प्रहरी नायब उपरिक्षक श्यामकुमार राईको उपस्थितिमा तालिम समापन गरिएको थियो । प्रमाणपत्र बितरण गर्दै प्रजिअ राना र प्रनाउ राईले कारागारलाई सुधारगृहको रुपमा बिकास गर्नुपर्ने अवधारणा अनुसार सञ्चालन भएको तालिम प्रभावकारी हुने बताउनुभयो ।

म्याग्दी कारागारमा ६ जना महिला सहित १०४ जना कैदीबन्दी छन् । २५ जना पुरुष र १० जना महिला कैदीको क्षमता हो । क्षमता भन्दा चौबल बढी कैदीबन्दी हुँदा बसाई ब्यवस्थापनमा समस्या भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...