खिबाङ आधारभूत बिद्यालयलाई कम्प्युटर हस्तान्तरण

Gandaki Ghumau

बेनी । भारतीय दुतावासको गोर्खा सैनिक बोर्डले शुक्रबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको खिवाङ आधारभूत बिद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ ।
भूतपुर्व सैनिक कल्याणकारी सेवा केन्द्रले बेनीमा आयोजना गरेको कार्यक्रममा बोर्डका रक्षा सहचारी तथा सचिब कर्णेल अमितकुमार शर्मा र लेफ्टीनेन्ट कर्णेल शशांक त्रिपाठीले दुई थान डेक्सटप कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुन र वडा सदस्य क्याप्टेन रबिन्द्र गर्बुजा पुनलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा कर्णेल शर्माले म्याग्दी र भारतीय गोर्खा सैनिकको धेरै पुरानो सम्बन्ध रहेको स्मरण गर्दै भूपुहरुले पाउने सेवा, सुबिधालाई सरल र सहज बनाउने प्रतिबद्धता जनाउनुभयो ।

Gunasthariya Shiksya
Shreekrishna

उहाँले बेनीमा भूपुहरुका लागि पेन्सन शिबिर चलाउने पनि बताउनुभयो । बोर्डको टोलीले केन्द्रले खरिद गरेको जग्गाको पनि निरीक्षण गर्नुभएको थियो । भूपु र तीनमा आश्रित परिवारका सदस्यहरुले पेन्सन सुबिधाको समस्याका बिषयमा जानकारी गराएका थिए ।

सोही कार्यक्रममा भूपु सैनिक हिमबहादुर भण्डारीकी छोरी सुसनलाई छात्राबृत्ती बापत रु. तीस हजारको चेक हस्तान्तरण गरिएको थियो ।भूतपुर्व सैनिक कल्याणकारी सेवा केन्द्र म्याग्दीका अध्यक्ष क्याप्टेन मिनबहादुर कार्कीको अध्यक्षता, भुपु सैनिक खुमबहादुर बानियाको सञ्चालन र देउप्रसाद छन्त्यालको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...