‘सन्तनेता किसुनजी’ बिमोचन

Gandaki Pardesh notice

बेनी । नेपाली काँग्रेसका संस्थापक, पुर्ब प्रधानमन्त्री स्वः कृष्णप्रसाद भट्टराईको ब्यक्तित्वमा आधारित कृति ‘सन्तनेता किसुनजी’ को बिहिबार म्याग्दीमा बिमोचन भएको छ ।
नेपाली कांग्रेस म्याग्दीका निर्वतमान प्रबक्ता अजय मिलन श्रेष्ठ द्वारा लिखित पुस्तकको भट्टराईको ९८ औ जन्मजयन्तिको अवसरमा बेनी नगरपालिका–१ रत्नेचौरमा आयोजित कार्यक्रममा बिमोचन गरिएको हो । नेपाली कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारी र पूर्व सहसभापति नेत्रबहादुर महतले पुस्तक बिमोचन गर्नुभएको थियो ।

कार्यक्रममा उपसभापति भण्डारी, नेता महत, लालबहादुर थापा (माईकल), प्रदेश ‘क’ उपसभापति सुजन बरुवाल, प्रदेश ‘क’ सभापति ओम छन्त्याल, उपसभापति भण्डारी, पूर्व सहसभापति महतले शक्ती र सत्ताको दुरुपयोग गरी संविधान नै संकटमा पार्ने गतिविधि भइरहेको अहिलेको अवस्थामा स्वर्गीय किसुनजीको विचारको सान्दर्भिकता झनै बढेको बताउनुभयो ।

उक्त पुस्तक जिल्ला उपसभापति भण्डारी र रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीका माता स्व. नैनकली भण्डारीप्रति समर्पित रहेर प्रकाशित गरिएको थियो । म्याग्दीका साहित्यकार समेत रहेका श्रेष्ठले सादा जीवन उच्च विचारका कारण जनताका मनमनमा बस्न सफल स्वर्गीय किसुनजीले अंगालेको अहिंसावादी नीति सबैका लागि प्रेरणाको स्रोत बनेकाले पुस्तक प्रकाशित गरेको बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

भट्टराईलाई सादगी जीवन शैली अपनाउने निःस्वार्थी राजनीतिज्ञको रुपमा स्मरण गर्ने गरिन्छ । सरल जीवन व्यथित गर्ने भट्टराई आफ्नो आध्यत्मिक चिन्तनका कारण सबैमाझ लोकप्रिय हुनुहुन्थ्यो । पुस्तक विमोजन कार्यक्रमको स्वागत पूर्व इकाई सभापति बसन्त बोगटी, अध्यक्षता वडा कार्यसमिति सभापति कोमल थापा र सञ्चालन महाधिवेशन प्रतिनिधि विक्रम बोगटीले गर्नुभएको थियो ।

सोही कार्यक्रममा चन्द्रबहादुर महतको अध्यक्षतामा १५ सदस्यीय नेपाली कांग्रेसको रत्नेचौर टोल कार्यसमिति गठन भएको छ । भट्टराईको ९८ औं जन्मजयन्ती पारेर नेपाली काँग्रेस म्याग्दीको बेनी स्थित पार्टी कार्यालयमा पनि कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले आफ्ना सिद्धान्त र लक्ष्यमा अडिग बनेर हिड्ने स्वर्गीय भट्टराईको भावना अनुसार चल्नुपर्ने बताउनुभयो । जिल्ला उपसभापति हरिकुमार श्रेष्ठ, केबी भण्डारी, महाधिवेशन प्रतिनिधि चिरञ्जीवि शर्मा, पूर्व सहसभापति नेत्रबहादुर महतले नेपाली कांग्रेसले संस्थापक नेता भट्टराईको बाटोमा अगाडी बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रमको सञ्चालन काँग्रेस म्याग्दीका सचिब भरतबहादुर रकालले गर्नुभएको थियो । विक्रम सम्बत् १९८१ पुस ८ गते भारतको बनारसमा जन्मनुभएका भट्टराईले नेपालको १०४ वर्षे निरङ्कुश राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न योगदान गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...