मिलनचोक–धाइरीङ सडक निर्माणलाई तिब्रता दिन सभामुख अधिकारीको निर्देशन

Gandaki Pardesh notice

साजन परियार
बेनी । गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले पर्वतको जलजला गाउँपालिका–७ मा निर्माणाधिन मिलनचोक–सल्यान–घाखेत–धारापानी–ठोटनेरी सडक आयोजनाको अनुगमन गर्नुभएको छ ।

गण्डकी प्रदेश सरकारले एक निर्बाचन क्षेत्र एक सडक आयोजना कार्यक्रममा समावेश दुई बर्षअघि शुरु भएको योजनाको बिहिबार अनुगमन गर्नुभएको हो । अनुगमनमा सहभागी नेकपा माओवादी केन्द्र जलजलाका अध्यक्ष दिपक आचार्यले सभामुख अधिकारीको सिफारिसमा सञ्चालित आयोजनाको स्थलगत निरिक्षण गर्नुभएको जानकारी दिनुभयो ।

मिलनचोक देखि १० किलोमिटर सडक ८ मिटर फराकिलो र एक मिटरको बनाएर सात मिटरमा कालोपत्रे गर्न हिमदुङ–थोकर कन्ट्रक्सनसँग बि.स. २०७६ मंसिरमा ठेक्का सम्झौता भएको थियो । रु. २८ करोड १३ लाखमा भएको दुई बर्षको सम्झौताको म्याद गत महिना सकिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

हालसम्म मिलनचोक देखि सल्यानसम्म सडक बिस्तार गरेर कालोपत्रे गर्न सबबेस राख्ने तयारी गरेको छ । सभामुख अधिकारीले थप जनशक्ति र उपकरण परिचालन गरेर सडक निर्माणलाई तिब्र बनाउन ठेकेदार कम्पनीलाई निर्देशन दिनुभयो ।

सडक अनुगमनका साथै सभामुख अधिकारीले पितृशोकमा परेका जलजला गाउँपालिका–७ धाइरीङका वडा अध्यक्ष टुङ्गनाथ शर्माका परिवारलाई भेटेर सान्तवना दिनुभएको थियो । दिवंगत मोतिलाल उपाध्यायका नाती लोकराज आचार्य सभामुख अधिकारीका निजी सचिब हुनुहुन्छ ।

उपाध्यायको निधनप्रति यसअघि नेकपा माओवादी केन्द्रको पालिका र वडा कमिटी संयुक्त रुपमा शोकसभा गरेर श्रद्धाञ्जली र समवेदना ब्यक्त गरेका थिए । वडा कमिटीका अध्यक्ष हरि आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा गण्डकी प्रदेशका अर्थमन्त्री राम्जी बरालले स्वर्गीय उपाध्यायको निधनले पार्टी र समाजलाई अपुरणीय क्षति पुगेको बताउनुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...