रघुगंगामा खायन आलु उत्पादन कार्यक्रम

Sinchai Khanipani notice

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाका पाँच वटा वडामा खायन आलु उत्पादन कार्यक्रम लागू भएको छ ।

संघीय सरकारको शसर्त अनुदानको बजेटबाट खायन आलु उत्पादन कार्यक्रम सञ्चालन गर्न कृषक समूह छनौट भएका हुन् । छनौट भएका पाँच वटा कृषक समूहका पदाधीकारी र प्रतिनिधीहरुलाई अभिमुखीकरण गरिएको गाउँपालिकाको कृषि शाखाका प्राबिधिक मनोज सुबेदीले जानकारी दिनुभयो ।

“स्थानीय बिउ प्रयोग गरेर खेती बिस्तार र उपभोगका लागि बिक्री बितरण गर्ने चक्र चलाउने खायन आलु उत्पादन कार्यक्रमको उद्देश्य हो,” उहाँले भन्नुभयो “स्थानीय जातको आलुको संरक्षण, खेती बिस्तार र आयआर्जन बृद्धीमा सहयोग पु¥याउने लक्ष्य राखिएको छ ।”

Shreekrishna hardwear in news

वडा नम्बर १ बेगखोलाको बादुक, वडा नम्बर २ को बरखर्क, वडा नम्बर ५ को डारेखर्क, वडा नम्बर ६ को प्रगति र वडा नम्बर ८ को श्रीकृष्ण कृषक समूह कार्यक्रमका लागि छनौट भएका छन् । छुटेकाहरुलाई दाबी बिरोध का लागि सुचना जारी गरेपनि आवेदन परेको थिएन् । एउटा समूह मार्फत कम्तीमा दुई सय रोपनी जमिनमा आलु खेती गरेको हुनुपर्ने मापदण्ड छ ।

Bhautik ministry notice about road

कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक बर्षमा रु. तीस लाख बिनियोजन गरेको छ । कृषकहरुको पचास प्रतिशत बराबरको लागत साझेदारी ब्यहोर्नुपर्ने कार्यबिधी छ ।

कार्यक्रम मार्फत कृषकहरुलाई आलुको बिउ, मलखाद, आलु रोप्ने उपकरण, बिषादी खरिदका लागि अनुदान उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताउनुभयो । यसैगरी ब्यवस्थित र आधुनिक प्रबिधीबाट आलु खेती गर्ने प्राबिधिक ज्ञान, सिप हस्तान्तरण गर्न तालिम सञ्चालन गरिने भएको छ ।

गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार भएको अभिमुखीकरणमा प्रमुख प्रशासकीय अधिकृत सुबेदी, कृषि अधिकृत सबिना शर्मा र प्राबिधिक सुबेदीले सहजिकरण गर्नुभएको थियो । रघुगंगामा खुमल सेतो, खुमल रातो, जनकदेब र स्थानीय जातको आलु खेती हुने गरेको छ ।

सडक यातायातको सुबिधा बिस्तार भएसँगै कृषकहरु ब्यवसायिक आलु खेतीतर्फ आकर्षित भएका छन् । हिमाली भुगोलको चिसो हावापानीमा उत्पादन भएको आलु स्वादीलो र गुणस्तरीय भएकाले बजारमा माग बढेको छ । यातायात सुबिधा भएपछि कृषकले बजार र उचित मूल्य पाउन थालेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...