अनुदानमा खुलेका अधिकांश ‘होमस्टे’ बन्द

Sinchai Khanipani notice

बेनी । गण्डकी प्रदेश सरकारको अनुदानमा तीन बर्षअघि म्याग्दीमा खोलिएका अधिकांश होमस्टे (घरबास) बन्द भएका छन् ।

एक जना पनि पर्यटक र पाहुनाले सेवा पाउन नसकेको होमस्टेमा भएको राज्यको लाखौ लगानी बालुवामा पानी हाले सरह बनेको छ । पाहुनाको बसोबासको बाहनामा बनाइएका पुर्बाधार पहुँचवालाको ब्यक्तिगत तथा घरायसी प्रयोगमा सिमित भएका हुन् ।

गण्डकी प्रदेश सरकारको तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आर्थिक बर्ष २०७५÷७६ मा म्याग्दीका दश वटा होमस्टेलाई रु. ९३ लाख चार हजार आठ सय अनुदान बाँडेको थियो ।

Shreekrishna hardwear in news

कुल लागतको तीस प्रतिशत लागनी गरेको हिसाब देखाएर अनुदान हत्याएका होमस्टेले पर्यटक लोभ्याउन र ग्रामिण पर्यटनको बिकासमा योगदान गरेको पाइदैन् । होमस्टेका लागि भनेर बनाइएका सामुदायिक भवन, गोलघर, शौचालय, शयनकक्ष र बेड बिस्तारा अनुदान पाएकाको ब्यक्तिगत सम्पतिमा परिणत भएका छन् ।

धवलागिरी गाउँपालिका–७ ताकमको हजुरको सामुदायिक होमस्टेका सञ्चालक कृष्णबहादुर भण्डारीले आधारभूत पुर्बाधार बनाएपनि होमस्टे सञ्चालनका लागि प्रचारप्रसार, तालिम र ब्यवस्थापकीय तयारी आवश्यक देखिएको बताउनुभयो ।

Bhautik ministry notice about road

रघुगंगा गाउँपालिकाको झिँ होमस्टेले रु. नौ लाख ३९ हजार, एकता होमस्टे मौवाफाँटले रु. नौ लाख ६० हजार, मिलन होमस्टे रायखोरले रु. नौ लाख ७३ हजार र रानीपौवा होमस्टेले रु. नौ लाख सत्तरी हजार अनुदान लगेका थिए ।

ताकमको हजुरको होमस्टेले रु. सात लाख १३ हजार आठ सय, देबिस्थानको गाइखर्क होमस्टेले रु. नौ लाख ७२ हजार, बरंजाको झाँक्रीपानी होमस्टेले रु. आठ लाख ९२ हजार, टोड्के होमस्टेले रु. नौ लाख ९० हजार २००, नारच्याङ बेशीगाउँ होमस्टेले रु. नौ लाख ४२ हजार र मुना होमस्टेले रु. नौ लाख ५२ हजार अनुदान पाएका थिए ।

प्रदेश सरकारको अन्तरगतको पर्यटन कार्यालय पोखराले यसअघि अनुदान पाएका होमस्टेलाई स्तरोन्नतिका लागि अनुदान उपलब्ध गराउन हालै प्रस्ताव मागेकोमा म्याग्दीका तीन वटाको मात्र प्रस्ताव परेको छ । आवेदन संकलन गरेको घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीका प्रमुख नन्दलाल पौडेलले झिँ, झाँक्रीपानी र हजुरको सामुदायिक होमस्टेले मात्र स्तरोन्नति कार्यक्रम माग गरेका बताउनुभयो ।

पर्यटन कार्यालयले गण्डकी प्रदेशका ११ जिल्लाका ५० वटा होमस्टे स्तरोन्नतिका लागि रु. दश÷दश लाखका दरले अनुदान उपलब्ध गराउन आवेदन मागेको थियो । घरेलु तथा साना उद्योग कार्यालयहरुले जिल्लामा संकलन गरेको आवेदन कार्यालयमा पठाएका छन् ।

आवश्यकता र सम्भावनाको भन्दा पनि पहुँचको आधारमा अनुदान पाएका म्याग्दीका अधिकांश होमस्टे प्रभावहिन देखिएका छन् । होमस्टेका लागि बनाइएको सामुदायिक भवन प्रयोगबिहिन र जिर्ण बनेको रानीपौवा होमस्टेका अध्यक्ष दिपक कार्कीले कोरोनाका कारण पर्यटक नआएका र पुर्बाधारले पुर्णता नपाउँदा चलाउन समस्या भएको दाबी गर्नुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...