म्याग्दीका १२ देखि १८ बर्षमुनिकालाई बिहिबार देखि मोडर्ना खोप लगाइने

Sinchai Khanipani notice

बेनी । म्याग्दीका १२ देखि १८ बर्षमुनिका किशोर किशोरीहरुलाई बिहिबारदेखि कोरोना भाइरस बिरुद्धको मोडर्ना खोप लगाउन शुरु हुने भएको छ ।

पुष ९ देखि १४ गतेसम्म बिद्यालयमै पुगेर किशोर किशोरीहरुलाई कोरोना बिरुद्धको खोप लगाइने कार्यतालिका बनाइएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले अधिकांश बिद्यार्थी भएकाले उनिहरुलाई बिद्यालय र स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गरी खोप लगाइने बताउनुभयो ।

अभियान शुरु गर्नुअघि कार्यालय, स्थानीय तहका स्वास्थ्य शाखा र चौकीहरुले मोडर्ना खोप लगाउने लक्षित समुदायको तथ्याङ्क संकलन गरेका थिए । स्वास्थ्य संस्थाहरुमा खोप ढुवानी गरिसकिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

म्याग्दीका छ वटा स्थानीय तहका १२ हजार ६८६ जनालाई मोडर्ना खोप लगाउने लक्ष्य राखिएको छ । बेनी नगरपालिकाका पाँच हजार ५३२, मालिकाका दुई हजार २८, धवलागिरीका एक हजार ४६५, मंगलाका एक हजार ४४५, रघुगंगाका एक हजार ११४ र अन्नपूर्णका एक हजार १०२ जनालाई मोडर्ना खोप लगाउने लक्ष्य छ ।

खोप लगाउनका लागि ८६ वटा खोप केन्द्र कायम गरिएको छ । एक हजार ३०४ भाईल भ्याक्सिन आएको छ । धवलागिरी, मालिका, मंगला गाउँपालिका र बेनी नगरपालिकामा पुष ९ देखि १४ र बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा पुष ११ देखि १४ गतेसम्म खोप लगाउने समयतालिका बनाइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...