बेगलाई बालश्रममुक्त वडा घोषणा

Sinchai Khanipani notice

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगलाई बुधबार बालश्रममुक्त वडा घोषणा गरिएको छ ।

वडा अध्यक्ष बिलप्रसाद फगामीको अध्यक्षता, सचिब सरस्वती आचार्यको सञ्चालन र गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाको प्रमुख आतिथ्यता र महिला तथा बालबालिका शाखाका सहायक महिला निरिक्षक साबित्रा सुबेदीको आतिथ्यतामा राजनीतिक दल, आमा समूह, युवा क्लव, बिद्यालयका प्रतिनिधीहरुको उपस्थितिमा बालश्रममुक्त वडा घोषणा भएको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलको कार्यबिधीका मापदण्ड र प्रक्रिया पुरा गरेर वडा समितिको निर्णयको आधारमा बालश्रम मुक्त घोषणा गरिएको रघुगंगा गाउँपालिकाले जनाएको छ । बेग म्याग्दीको ४५ मध्य पहिलो बालश्रममुक्त वडा बनेको छ ।

Shreekrishna hardwear in news

उपाध्यक्ष कमला तिलिजाले रघुगंगालाई बालश्रममुक्त पालिका घोषणा गर्ने अभियान बेगबाट शुरु भएको बताउदै घोषणालाई निरन्तरता र कायम राख्नका लागि बालश्रमको जोखिममा रहेका बालबालिकाका अभिभावकलाई सिपमुलक तालिम दिएर आयआर्जनमा संलग्न गराउन जोड दिएको बताउनुभयो ।

Bhautik ministry notice about road

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत आर्थिक बर्षमा बालश्रममुक्त पालिका घोषणाका लागि स्थानीयहरुबाट प्रस्ताव आव्हान गरेको थियो । रघुगंगा सहित देशभरका २० वटा स्थानीय तहको प्रस्ताव छनौट भएको थियो ।

मन्त्रालयले प्रस्ताव स्विकृत गरेपछि गाउँपालिकाले ८ वटै वडाका एक हजार १०० घरधुरीको सर्बेक्षण गर्दा बालश्रमिक नरहेको पहिचान गरेको थियो । बिद्यालय उमेर समूहका सबै बालबालिकाले शिक्षाको अवसर पाएका र श्रमिक नभएको तथ्याङ्क संकलन भएपछि बालश्रम प्रयोग नगर्ने र गरिएमा कारबाही गर्ने नीतिगत निर्णयका साथै सन्देशमुलक ब्रोसर छपाएर बितरण गरिएको थियो ।

सन्देशुलक ब्रोसर बितरणका साथै सार्वजनिक स्थलमा होडिङ बोर्ड स्थापना भएको छ । मनोपरामर्श कार्यक्रम पनि सञ्चालन भएको छ । यो महिनाभित्र वडा र आगामी महिना गाउपालिकालाई बालश्रमुक्त घोषणा गर्ने तयारी गरिएको छ ।

अभिभावकको कमजोर आर्थिक अवस्थाका कारण बालश्रमको जोखिममा रहेका १५० जना बालबालिकाहरुको पढाईलाई सहयोग पु¥याउन भोला, पोशाक र शैक्षिक सामग्री बितरण गर्ने र अभिभावकलाई सिपमुलक तालिम उपलब्ध गराउन बजेट ब्यवस्थापन गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...