रघुगंगाको कुइने गाउँ सडक सञ्जालमा जोडियो

Sinchai Khanipani notice

बेनी । म्याग्दीको भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने रघुगंगा गाउँपालिका–८ को कुइने गाउँ सडक सञ्जालमा जोडिएको छ ।

रघुगंगा गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने ठाडाखानी देखि धवलागिरी गाउँपालिकाको वडा नम्बर ५ भेडिखाल्डा हुदै कुइने जोड्ने सडक निर्माण भएको हो । ठाडाखानी देखि कुइने जोड्ने १२ किलोमिटर दुरिको सडकको मार्ग खुलेको रघुगंगा गाउँपालिकाका सबइञ्जिनियर कमल चोखालले जानकारी दिनुभयो ।

“यस बर्ष उपभोक्ता समिति मार्फत एक हजार पाँच सय मिटर मार्ग निर्माण भएपछि कुइने सडक सञ्जालमा जोडिएको हो,” उहाँले भन्नुभयो “यातायातका साधन सञ्चालन हुन थालेको सडक स्तरोन्नतिको काम बाँकी छ ।” बेनी देखि कुइनेसम्मको सडकको दुरि चालिस किलोमिटर रहेको सब इञ्जिनियर चोखालले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

रघुगंगा गाउँपालिका–८ का वडा अध्यक्ष गमान छन्त्यालका अनुसार कुइने जोड्ने सडक निर्माण गर्न गाउँपालिकाले चालु आर्थिक बर्ष २०७७÷७८ मा रु. ८० लाख बिनियोजन गरेको थियो । मार्ग खुलेको सडकमा पर्खाल, नाली लगायतका संरचना निर्माण गर्न बाँकी छ ।

गत बर्ष भेडिखाल्डा देखि कुइने जोड्ने सडक निर्माणका लागि गाउँपालिको रु. ४५ लाख बिनियोजन गरेको थियो । कुइनेमा करिब १०० घर भएपनि ५० परिवारको बसोबास छ । मोटरसाइकल, जिप र ट्याक्टर चल्न थालेका छन् ।

“कुइनेका बासिन्दालाई यसअघि जिल्ला सदरमुकाम बेनी आउन पुरै दिन लाग्दथ्यो,” वडा अध्यक्ष छन्त्यालले भन्नुभयो “सडक निर्माण भएपछि पुरै दिनको यात्रा चार घण्टामा छोटिएको छ ।” कुइनेमा अल्पसंख्यक छन्त्याल समुदायको बाहुल्य बसोबास छ ।

सडक निर्माण भएपछि आवत जावत, निर्माण सामग्री र दैनिक उपभोग्य बस्तु ढुवानी तथा आलु, भेडाबाख्रा लगायत कृषि उपज र जडिबुटी निकासीमा सहज भएको छ । बिरामीलाई अस्पताल पु¥याउन सुबिधा पुगेको छ । कुइनेसँगै रघुगंगाका ८ वटै वडाका सबै बस्तिमा सडक सुबिधा पुगेको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...