एमाले उपमहासचिब गुरुङको शैक्षिक गुणस्तर सुधारमा जोड

Gandaki Ghumau

बिम । नेकपा एमालेका उपमहासचिब तथा गण्डकी प्रदेशका पुर्ब मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले शैक्षिक गुणस्तर सुधारमा जोड दिनुभएको छ ।

म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको किसानी माबिमा निर्माण भएको कक्षा कोठा भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै गुरुङले शिक्षाको गुणस्तर सुधारका लागि दक्ष जनशक्तिको ब्यवस्थापन हुनुपर्ने बताउनुभयो ।

उहाँले प्राबिधिक बिद्यालयको शिक्षालाई प्रभावकारी बनाउन दरबन्दी अनुसारका जनशक्तिको ब्यवस्थापन हुनुपर्ने बताउनुभयो । पहिरोले पु¥याएको क्षतिको अवलोकनका लागि डेढ बर्षअघि आफू बिम र मराङमा आएको स्मरण गर्दै पुननिर्माणमा भएको ढिलाईप्रति चासो ब्यक्त गर्नुभयो ।
काँग्रेस नेतृत्वको गठबन्धन सरकारले आफू नेतृत्वको सरकारले अघि सारेका एक घर एक धारा, उज्यालो प्रदेश र पालिकाको केन्द्र जोड्ने सडकलाई प्राथमिकता नदिएको भन्दै असन्तुष्टि पोख्नुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

“योजनाबद्ध हिसाबले काम गर्न दिइएन,” उहाँले भन्नुभयो “हामीले अघि सारेका जनताको सेवा सुबिधा र अधिकारसँग जोडिएका योजनाको बजेट काटिएको छ ।” गुरुङले आत्मनिर्भर बन्नका लागि सबै उत्पादनमा जोडिनुपर्ने बताउनुभयो । नमुना आवासीय बिद्यालय, आदर्श बिद्यालय जस्ता कार्यक्रमको बजेट कटौति गरिएकोमा असन्तुष्टि दोहोराउनुभयो ।

कार्यक्रममा एमालेका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, केन्द्रिय सदस्य तथा प्रदेशसभा सदस्य एवम् पुर्ब सामाजिक बिकास मन्त्री नरदेबी पुन, एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, माओवादी केन्द्रका जिल्ला संयोजक समेत रहेका वडा अध्यक्ष रेशम जुग्जाली, गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमाया बिटालु लगायत उपस्थित हुनुहुन्थ्यो । चार वटा कक्षा कोठा भवनको उद्घाटन गरिएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...