मोना बेलायतको अध्यक्षमा कुमार फगामी

Gandaki Pardesh notice

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेलायतको आइतबार भएको सातौ अधिबेशनले कुमार फगामीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सर्बसम्मत चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लालबहादुर पुन, उपाध्यक्षमा पदम सुन्दर गर्बुजा, महिला उपाध्यक्षमा धनकुमारी रोका (धना), महासचिवमा विष्णु भण्डारी, सचिवमा मन्दिप जुग्जाली, सह–कोषाध्यक्ष तारा रोका, सांस्कृतिक सचिवमा नुनु पाईजा र सदस्यता सचिवमा तकलाल पुन चयन हुनुभएको छ ।

Bhautik ministry notice about road

पदाधिकारी र कार्यसमिति सदस्यलाई निर्वाचन समितिका संयोजक उमेश रानाले सपथ ग्रहण गराउनुभएको थियो । अधिवेशनको उद्घाटन गर्नुहुँदै मोना आइइसीका पूर्व अध्यक्ष योगेन क्षेत्रीले मोनामार्फत जन्मभुमी म्याग्दीमा धेरै सामाजिक काम भएको स्मरण गर्नुभयो ।

Shreekrishna hardwear in news

मोना यूकेका पुर्ब अध्यक्ष योगकुमार फगामी, सल्लाहकार सुमन पुन, मोना आइइसीका क्षेत्रीय सदस्य विष्णु भण्डारी लगायत मोनाका सल्लाहकारको उपस्थिती रहेको थियो । अधिवेशनमा निवर्तमान उपाध्यक्ष होम रोकाले स्वागत, महासचिव लाल पुनले प्रगति र कोषाध्यक्ष पदम सुन्दर गर्बुजाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै विधान समितिका संयोजक धन पुनले विधान प्रस्तुत गरेको विधान सर्वसम्मतिले पारित भएको छ ।

अधिवेशनमा निवर्तमान अध्यक्ष दल जुग्जालीले कोरोना महामारीको असहज अवस्थामा पनि कार्यकाल सफल बनाउन सहयोग गर्नेहरुलाई धन्यवाद दिनुभयो । मोना बेलायतले जिल्लाको सामाजिक, स्वास्थ्य, शिक्षा लगायत विभिन्न क्षेत्रमा सघाउदै आएको छ । रेडक्रस सोसाईटी म्याग्दीलाई ३ वटा एम्बुलेन्स सहित विभिन्न सामाजिक तथा मानवीय सेवा र विकास निर्माणका क्षेत्रमा समेत करोडौँ सहयोग गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...