तामझामका साथ उद्घाटन गरिएको किसानी माबिको भवन निर्माणको खर्च लुकाइयो

Sinchai Khanipani notice

सन्तोष गौतम
बेनी, म्याग्दीको मालिका गाउँपालिका–७ बिमको किसानी माबी र प्राबिधिक शिक्षालयमा निर्माण भएको चार वटा भवनको सोमबार एकै दिन उद्घाटन भएको छ ।

रु. एक करोड ७६ लाख लागतमा लायन्स क्लबको अन्तराष्ट्रिय कोषले किसानी प्राबिधिक शिक्षालयमा फर्निचर सहित तीन तले, आठ कोठे भवन र शौचालय निर्माण गरेको छ । सो भवनको लायन्स क्लबका पुर्ब अन्तराष्ट्रिय निर्देशक सञ्जय खेतानले उद्घाटन गर्नुभएको लायन्स अभियान्ता सन्तोष रावलले जानकारी दिनुभयो ।

दुई तले भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्गमैत्री छ । बाली र पशु बिज्ञान बिषयमा डिप्लोमा तहसम्मको पठनपाठन हुने शिक्षालयमा २०७ जना बिद्यार्थी रहेका प्रमुख करन कडेलले बताउनुभयो । लायन्स क्लबले यसअघि सिभिल इञ्जिनियरिङ बिषयको पढाई हुने बेनी नगरपालिका– ९ तोरीपानीको गलेश्वर माध्यमिक बिद्यालयमा आठ कोठे भवन निर्माण गरेको थियो ।

Shreekrishna hardwear in news
किसानी प्राबिधिक शिक्षालयको भवन उद्घाटनपछि तस्बिर खिचाउदै लायन्स कल्बको टोली । तस्बिर सौजन्य सन्तोष रावल

बाँकी तीन वटा किसानी माबीको कक्षा कोठा भवन तत्कालीन शिक्षा कार्यालय, राष्ट्रिय पुननिर्माण प्राधिकरण र मालिका गाउँपालिकाको सहयोगमा निर्माण भएको हो । एउटा चार कोठे भवनको नेकपा एमालेका उपमहासचिब तथा गण्डकी प्रदेशका पुर्ब मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले, दश कोठे भवन पुर्ब सामाजिक बिकास मन्त्री नरदेबी पुन र अर्को चार कोठे भवन शिक्षक महासंघका पुर्ब अध्यक्ष बाबुराम थापाले उद्घाटन गर्नुभएको थियो ।

Bhautik ministry notice about road

चार कोठे भवन निर्माणका लागि शिक्षा कार्यालयले रु. ३५ लाख र अर्को चार कोठे भवन बनाउन राष्ट्रिय पुननिर्माण प्राधिकरणले रु. सत्तरी लाख उपलब्ध गराएको थियो । मालिका गाउँपालिकाको सहयोगमा बनेको दश कोठे तीन तले भवन निर्माणको लागत बिबरण माग्दा बिद्यालयका प्रअ जंगबहादुर गर्बुजाले फोन उठाउनुभएन् ।

कार्यक्रममा सहभागी स्थानीयबासी र सरोकारवालाहरुले दश कोठे भवनको आम्दानी खर्च बिबरण सार्वजनिक नगरिएकोमा असन्तुष्टि जनाउदै शंका ब्यक्त गरेका छन् । केही समयपछि सम्पर्कमा आउनुभएका प्रअ गर्बुजाले भवन बनाउदा ऋण लागेको र बिद्यालयको आन्तरिक बिषय भएकाले सार्वजनिक नगरिएको उहाँको भनाई थियो । साधारणतर्फ कक्षा १२ सम्मको पढाई हुने किसानी माबीमा ५०० जना भन्दा बढी बिद्यार्थी छन् ।

भवन उद्घाटन गर्न हेलिकप्टर चढेर आउनुभएका पुर्बमुख्य मन्त्री गुरुङले गुणस्तरीय शिक्षाका लागि प्राबिधिक शिक्षालयमा पर्याप्त र दक्ष जनशक्ति ब्यवस्थापन गर्नुपर्ने बताउनुभयो । वर्तमान गठबन्धन सरकारले एक घर एक धारा, उज्यालो प्रदेश, पालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति, नमुना तथा आवासीय बिद्यालय कार्यक्रमको बजेट कटौती गरेको भन्दै असन्तुष्टि जनाउनुभयो ।

कार्यक्रममा एमालेका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमाया बिटालु, वडा अध्यक्ष रेशम जुग्जाली लगायतको उपस्थिति थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...