दग्नाममा स्काभेटर सहित चालक पुरिए

Gandaki Pardesh notice

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा सोमबार पहिरोले चालक सहित डोजर (स्काभेटर) पुरिएको छ । धवलागिरी गाउँपालिका–७ ताकममा एक जना मृत्य भेटिएका छन् ।

Bhautik ministry notice about road

तुदी पावर कम्पनीद्धारा निर्माणाधिन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलबिद्युत आयोजनाको सडक निर्माणका क्रममा चालक र स्काभेटर पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रघुगंगा गाउँपालिका–२ का अन्दाजी २७ बर्षका भिमबहादुर खत्री स्काभेटर सहित पहिरोमा पुरिएका प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले बताए ।

‘अर्को स्काभेटरको सहायताले पुरिएको स्काभेटर र चालकको खोजी भइरहेको छ,’ उनले भने ‘सडक खनिरहेको अवस्थामा एक्कासी पहिरो खसेर पुरिएको हो ।’ प्रहरी निरीक्षक गुरुङ सहितको सुरक्षाकर्मी, आयोजनाका कर्मचारी, मजदुर र स्थानीयबासी पुरिएको स्काभेटर र चालकको खोजीमा जुटेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...