ताकममा एक जना मृत भेटिए

Gandaki Pardesh notice

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका अन्दाजी ७७ बर्षका गोरे थापा मृत भेटिनुभएको छ । ताकमको रत्नेगैरामा आइतबार साँझ मृत भेटिएका थापाको शव परिक्षणका लागि बेनी अस्पताल ल्याइएको छ ।

Bhautik ministry notice about road

इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलको टोली अनुसन्धानका लागि सोमबार बिहान ताकम पुगेको छ । सडक छेउमा हिडिरहेका थापा लडेको ठाउँ भएर साँझको समय गाडी पार गरेको थियो ।

प्रत्यक्षदर्शीले गाडी नआउँदासम्म हिडिरहेका थापा गाडी अगाडी पार भइसकेपछि लड्नु र चोटपटक देखिनुमा गाडीको ठक्कर हुन सक्ने अनुमान गरेका छन् । घटनास्थलमा पुगेका प्रहरी निरीक्षक पौडेलले सिसिटिभी फुटेज, शब परिक्षण प्रतिबेदन र प्रत्यक्षदर्शीको भनाईका आधारमा थापाको मृत्युको कारण पहिचान गर्न अध्ययन थालिएको बताउनुभयो । मृतक थापा बोल्न नसक्ने हुनुहुन्थ्यो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...