बेनीका घरपालुवा कुकुरमा क्यानी डिसटिम्परको महामारी नियन्त्रण गर्न खोप अभियान

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी र आसपासका क्षेत्रका कुकुरमा महामारी देखिएको छ ।
उच्च ज्वरो आउने, रुघाखोकी लाग्ने, बान्ता गर्ने, आँखा रातो हुने, छटपटाउने, मुखबाट फिज निकाल्ने र खाना कम गर्ने जस्ता लक्षणहरु देखिएका कुकुरहरु मर्न थालेका हुन् ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र म्याग्दीका प्रमुख जिबनप्रसाद आचार्यले क्यानी डिसटिम्परसँग मिल्दोजुल्दो लक्षण देखिने रोग तिब्र रुपमा फैलिएको बताउनुभयो ।
“महामारीकै रुपमा देखिएको रोग पहिचानका लागि परिक्षण गर्न प्रयोगशालामा पठाएका छौ,” उहाँले भन्नुभयो “नियन्त्रणका लागि कुकुरलाई निशूल्क डिपिल खोप लगाउन शुरु गरिएको छ ।” बेनी स्थित केन्द्र र बेनी नगरपालिकाको पशु सेवा शाखाका चिकित्सक तथा प्राबिधिकहरुले डिपिल खोप सेवा दिइरहेका छन् ।
बिरामी कुकुरको तत्कालै औषधी उपचार र घरपालुवा सबै कुकुरलाई खोप लगाउन केन्द्रले सार्वजनिक सूचना जारी गरेको छ । क्यानी डिस्टेम्पर रोग कुकुरबाट अन्य पशु, मानिसमा सर्ने र बिरामी पर्ने भएको हुँदा नियन्त्रणका लागि खोप अभियान शुरु गरिएको केन्द्रका प्रमुख आचार्यले बताउनुभयो ।
सहरी क्षेत्रमा सुरक्षा र सोखका लागि कुकुर पाल्ने चलन छ । ग्रामिण क्षेत्रमा भने सुरक्षाका लागि कुकुर पाल्ने गर्दछन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...