महारानीथानमा सडक बिस्तार र कालोपत्रे

Add Samajik bikash office

बेनी । म्याग्दीको बेनी नगरपालिका–७ स्थित बेनी–अथुङ्गे सडकको महारानी थान खण्डको सडक बिस्तार र कालोपत्रे भएको छ ।

सडक बोर्ड र बेनी नगरपालिकाको लागत साझेदारीमा कमलजैसी मन्दिर देखि महारानी थान नजिकैको पहिरो सम्मको सडक बिस्तार गरेर कालोपत्रे गरिएको हो ।

साँघुरो ठाउँमा सडक बिस्तार गरेर नाली, पर्खाल निर्माण र कालोपत्रे गरिएको बेनी नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीले बताउनुभयो । तीन सय मिटर आरसिसी नाली बनाएर एक हजार दुई सय बर्गमिटर कालोपत्रे गरिएको उहाँले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

जोखिमयुक्त दुई स्थापनमा मेसिनरी पर्खाल निर्माण भएको छ । नगरपालिकाको ३० र सडक बोर्डको ७० प्रतिशत लागत साझेदारीमा योजना निर्माण गर्न सोमरस निर्माण सेवा खबराले गत बैशाख महिनामा रु. तीस लाख ७१ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

कुल ४७ लाख ५९ हजार ६१७ मा लागत अनुमान गरिएको थियो । दुई महिनाको म्याद भएको आयोजना कोरोनाको दोस्रो लहर फैलिएपछि गरिएको निषेधाज्ञाका कारण म्याद थपिएको थियो । एक हप्ता अघिनै सम्झौता अनुसारको काम सकेपनि भुक्तानी नपाएको सोमरस निर्माण कम्पनीका सञ्चालक प्रबिन सापकोटाले बताउनुभयो ।

सडक बोर्डले बजेट पठाउन ढिलाई गर्दा भुक्तानीमा समस्या भएको हो । यो सडक बेनी नगरपालिकाको ६, ५, ९, १०, रघुगंगाको ५, ६ र ८ नम्बर वडाका बासिन्दाले प्रयोग गर्ने बेनी–पाखापानी सडकको प्रवेश बिन्दुमा पर्छ ।

बि.स. २०७३ मा गरिएको कालोपत्रे बाढी र पहिरोले उक्किएर जिर्ण बनेपछि दोस्रो पटक कालोपत्रे भएको हो । यसैबीच महारानीथान र कुरिलाखर्कको बाढी ब्यवस्थापन तथा पहिरो नियन्त्रणका लागि नगरपालिकाले चालु आर्थिक बर्षमा बिनियोजन गरेको बजेट कार्यान्वयनका लागि रु. ५५ लाख ८७ हजार सत्तरी रुपैयाँ लागत अनुमानको ठेक्का प्रस्ताव आव्हान भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...