पात्लेखेतमा वडा कार्यालय भवन निर्माण

Sinchai Khanipani notice

पात्लेखेत । म्याग्दीको बेनी नगरपालिका–१० को वडा कार्यालय भवन निर्माण भएको छ ।

पात्लेखेत र वाखेत गाउँको सिमानामा तीन कोठे एक तले वडा कार्यालय भवन निर्माण भएको हो । कार्यवाहक वडा अध्यक्ष लोकबहादुर पुनले गत आर्थिक बर्ष २०७७÷७८ मा नगरपालिकाले बिनियोजन गरेको रु. बीस लाख बजेटबाट निर्माण भएको भवनबाट सेवा शुरु गरिएको जानकारी दिनुभयो ।

“पात्लेखेतमा रहेको साबिक गाबिस भवन साँघुरो र जिर्ण भएको थियो,” उहाँले भन्नुभयो “वडाका सबै टोलका बासिन्दालाई पायक पर्ने ठाउँमा भवन बनाएर कार्यालय सञ्चालन गरेका हौ ।”

Shreekrishna hardwear in news

नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह, कार्यालय सञ्चालन, भेला, बैठक आयोजना गर्न सहज भएको कार्यबाहक वडा अध्यक्ष पुनले बताउनुभयो । पञ्चायतकालमा निर्माण भएको तत्कालीन गाबिस भवन जिर्ण बनेको थियो । नयाँ भवनमा वडा अध्यक्ष, सचिबको कार्य र भण्डारण कक्ष भएको भवनमा चालु आर्थिक बर्षमा तला थप गर्न लागिएको छ ।

Bhautik ministry notice about road

नगरपालिकाले चालु आर्थिक बर्षमा बिनियोजन गरेको रु. नौ लाख पचास हजार बजेटबाट उपभोक्ता समिति मार्फत भवनको माथिल्लो तलामा सभाहल निर्माण शुरु गरिएको छ । भवनको माथिल्लो तलामा सभाहल र खोप किल्निक बनाउन लागिएको हो ।

बेनी नगरपालिकाको १, २, ३, ४, ५ र ९ नम्बर वडाको यसअघिनै भवन थिए । बेनीको सामुदायिक चोकमा गत बर्ष वडा नम्बर ७ को भवन निर्माण भएको थियो । सात नम्बर वडाको भवनमा तला थप गर्न चालु आर्थिक बर्षमा बिनियोजन भएको रु.आठ लाख बजेट कार्यान्वयनका लागि ठेक्का आव्हान भएको छ ।

आर्थिक बर्ष २०७६÷७७ मा अर्थुङ्गेमा शुरु भएको वडा नम्बर ६ को भवन निर्माण कार्यलाई पुर्णता दिन चालु आर्थिक बर्षमा रु. बीस लाख बिनियोजन भएको छ । वडा नम्बर ६ को भवनलाई पुर्णता दिनका लागि पनि ठेक्का प्रस्ताव आव्हान गरिएको बेनी नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीले बताउनुभयो ।

घरभाडामा लिएर सञ्चालन हुदै आएको बेनी नगरपालिका–८ को भवन पनि क्याम्पसचोकमा स्थापना गर्ने तयारी भएको छ । क्याम्पसचोकको ढल र बाढी ब्यवस्थापन गर्न गत बर्ष खरिद गरिएको घरलाई ब्यवस्थित गरेर कार्यालय स्थापना गर्न लागिएको वडा अध्यक्ष रामकृष्ण बराइलीले बताउनुभयो ।

गत बर्ष नगरपालिकाको भवन परिसरमा बिषयगत शाखा कार्यालयहरुका लागि नयाँ प्रशासकीय भवन निर्माण भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...