बेनीलाई बालमैत्री स्थानीय तह बनाउन छलफल

Add Samajik bikash office

बेनी । बेनीमा आइतबार बालमैत्री स्थानीय तह घोषणाका लागि पालिका स्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक बिकास कार्यालयको आयोजनामा भएको कार्यक्रममा बालमैत्री स्थानीय तह र वडा घोषणाका सूचकहरुको बिषयमा छलफल भएको थियो । कार्यक्रममा नगर उपप्रमुख सञ्जु बरुवालले बालमैत्री स्थानीय घोषणाका लागि वडा स्तरमा छलफल, अभिमुखीकरण र सूचक पुरा गर्न संयन्त्र बनाउने प्रतिबद्धता जनाउनुभयो ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी रानाले नाबालक परिचयपत्र, पञ्जिकरण र नागरिकता समबन्धी, सामाजिक बिकास कार्यालयका प्रमुख रमेश थापाले बालमैत्री स्थानीय तह घोषणाको आवश्यकताका बिषयमा अभिमुखीकरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

नगरपालिकाका अधिकृत युवराज थापाले बालमैत्री स्थानीय तह घोषणा सम्बन्धी सूचक, जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले स्वास्थ्य सम्बन्धी सूचक र नगरपालिकाका स्वास्थ्य संयोजक लीला गौतमले नगरका बालबालिकाको स्वास्थ्य अवस्थाका बिषयमा जानकारी गराउनुभएको थियो ।

कक्षा १० की बिद्यार्थी सुमित्रा पौडेलको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो । बालमैत्री स्थानीय तह घोषणाका लागि ५१ वटा सूचकहरु पुरा गर्नुपर्छ । बेनी नगरपालिकामा समाबेश भएका तत्कालीन ज्यामरुककोट र भकिम्ली गाबिसलाई बालमैत्री बनाउने कार्यक्रम सञ्चालन भएपनि पूर्णता पाउन सकेको छैन् ।

सबै बालबालिकाहरुले खोप लगायत स्वास्थ्य सेवा पाएको, शिक्षा पाएको, बालबिवाह लगायतका कुरिति हटेको, बालसञ्जाल भएको, बिकास र निर्णय प्रक्रियामा बालबालिकाको सहभागिता भएको, भौतिक पुर्बाधार बालमैत्री भएको हुनुपर्ने लगायतका सूचकको आधारमा बालमैत्री वडा, पालिका घोषणा गर्ने ब्यवस्था छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...