लेख हमालको अध्यक्षतामा नेराशिसंघको कार्यसमिति चयन

Sinchai Khanipani notice

बेनी । लेखबहादुर हमालको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गर्दै नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको १३ औं जिल्ला अधिवेशन आइतबार बेनीमा सम्पन्न भएको छ ।
सर्बसम्मत चयन भएको समितिको उपाध्यक्षमा रमेशसिंह ठकुरी, महिला उपाध्यक्षमा बिरमाया बिश्वकर्मा, सचिबमा भिमबहादुर घर्ति, कोषाध्यक्षमा मनबहादुर रोका, सहसचिबमा कुशुम पुर्जा र सहकोषाध्यक्षमा गौसरा घर्तिमगर चयन हुनुभएको छ ।
सदस्यहरुमा टेकप्रसाद सुबेदी, करण पौडेल, गणेशप्रसाद सुबेदी, किसन पुन, हरिहर पौडेल, कृष्णप्रसाद सापकोटा, बालकुमारी खत्री, सुनिता कटुवाल गिरी, निलम पुर्जा, सुनबहादुर बिक चयन हुनुभएको छ ।
पदेन् सदस्य तथा महाधिबेशन प्रतिनिधीमा निबर्तमान अध्यक्ष जयराम सुबेदी, हरिप्रसाद सुबेदी, सरला सुबेदी र शान्तबहादुर नेपाली रहनुभएको छ । अधिवेशनको संगठनका राष्ट्रिय उपाध्यक्ष जंगबहादर गर्वुजाले शनिबार उद्घाटन गर्नुभएको थियो ।
उपाध्यक्ष गर्वुजा, गण्डकी प्रदेशका अध्यक्ष राम पोख्रेल, नेकपा एमालेका जिल्ला कमिटिका अध्यक्ष हरिकृष्ण श्रेष्ठले अधिबेशनमा मन्तब्य ब्यक्त गर्नुभएको थियो । अधिबेशनमा सहभागी शिक्षकहरुले बेनी बजारमा प्ले कार्ड सहितको ¥याली निकालेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...