धौलागिरि खबर

ताकमका जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण

Hariyali Groups Pvt Ltd

गोपाल आचार्य
ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा बितरण गरिएको छ ।

चालु आर्थिक बर्ष २०७८÷७९ मा बिनियोजन भएको रु. एक लाख बजेटबाट साबिक वडाका १÷१ जना महिला र पुरुषलाई न्यानो कपडा खरिद गरेर उपलब्ध गराइएको हो । पुरुषलाई ज्याकेट, महिलालाई पछ्यौरा र स्विटर बितरण गरिएको थियो ।

Chadani auto head

वडा अध्यक्ष कलानिधी शर्मा, सदस्य देबेन्द्र थापा, नरकुमारी बुढाथोकी र सचिब हिमाल गोतामेले २० जना ७० बर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकहरुलाई कपडा बितरण गर्नुभएको थियो ।

Rara Auto Mobiels
Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...