वेष्ट पोइन्टको २९ औ वार्षिकोत्सव

Gandaki Pardesh notice

बेनी । बेनीस्थित न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयले २९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

बिहिबार एक कार्यक्रमको आयोजना गरी अतिथि, अतिथि, अभिभावक तथा शिक्षक कर्मचारीहरूको उपस्थितिमा विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिकोत्सवको अवसरमा विद्यालयले विभिन्न पुरस्कार सम्मान प्रदान गरेको छ ।

विद्यालयले कार्यक्रमका अवसरमा विद्यालय र कलेजका विद्यार्थीहरुद्वारा विविध सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए । अभिभावक दिवसको अवसरमा अभिभावकहरुले पनि आकर्षक नृत्य प्रस्तुत गरेका थिए । विद्यालयले वेष्ट पोइन्टबाट विद्यालय पुरा गरी विभिन्न विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधी हासिलगर्ने विद्यार्थीहरुलाई वेष्ट पोइन्ट सम्मान द्वारा सम्मान गरेको छ ।

Shreekrishna hardwear in news

त्यसैगरी मन्टेसरीदेखि कलेजसम्मका विभिन्न कक्षा र तहगत रुपमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई समेत सम्मान गरेको छ । वेष्ट पोइन्ट कलेजबाट वर्ष २०७७ मा स्नातक तह उत्तीर्ण गर्ने विद्यार्थीहरुलाई ग्राजुएसन अवार्ड प्रदान गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेको कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याउने वर्ष २०७६ र २०७७ का विद्यार्थीहरुलाई समेत सम्मान गरेको छ ।

Bhautik ministry notice about road

कर्यक्रममा लामो समयसम्म विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई दिर्घसेवा सम्मान प्रदान गरेको छ । जसमा १० वर्ष, १५ वर्ष र २० वर्ष अनवरत सेवा गर्ने शिक्षक तथा कर्मचारी सम्मानित भएका छन् । २० वर्षे सम्मान प्राप्त गरेका शिक्षक मनोज खड्काले विद्यालयले प्रदान गरेको सुरक्षा र सुविधाका कारण निजि संस्था भए पनि निरन्तर कामगर्ने वातावरण मिलेकोले लामो समयसम्म शिक्षक कर्मचारी टिक्न सकेको बताउनुभयो ।

१० बर्षे सम्मानबाट १० जना, १५ बर्षे सम्मानबाट १ जना र २० बर्षे सम्मानबाट २ जना शिक्षक सम्मानित भएका छन् । त्यस्तै कार्यक्रममा आन्तरिक र बाह्य प्रतियोगितामा उत्कृष्टता प्रदर्शन गर्ने विद्यार्थीहरु समेत सम्मानित भएका छन् ।

कार्यक्रममा संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै प्रिन्सिपल डी बी दाहालले वेष्ट पोइन्ट एक फरक विद्यालय भएको र हरेक विद्यार्थीहरुले आफ्नो क्षमता प्रस्फुटन गर्न सक्ने वातावरण विद्यालयमा भएको बताउनुभयो । उहाँले विद्यालयको कक्षाकोठाबाट विद्यार्थीहरुलाई बाहिर निकालेर प्रयोगात्मक सिकाइलाई जोड दिइने र प्रविधि सहितको बुकलेस कक्षा बनाउने जानकारी गराउनुभयो ।
शिक्षक अभिभावक संघका अध्यक्ष दिल कुमार श्रेष्ठले संक्षिप्त मन्तव्य व्यक्त गर्दै विद्यालयाल यो वर्ष र विगतका वर्षमा गरेका उपलब्धिले वेष्ट पोइन्ट एक उत्कृष्ट विद्यालय भएको बताउनुभयो । त्यसैगरी प्रमुख अतिथि बेनी नगरपालिकाका उप प्रमुख सञ्जु बरुवालले सम्पूर्ण अभिभावकलाई इंगित गर्दै विद्यालयको सिकाइसंगै घरपरिवार समाजमा समेत आफ्ना नानीबाबुको हरेक क्रियाकलापमा अभिभावकले ध्यान दिन र समय दिन समेत आग्रह गर्नुभयो ।
त्यसैगरी अध्यक्षताको मन्तव्य व्यक्त गर्दै वेष्ट पोइन्ट एजुकेशन अध्यक्ष हरिकृष्ण श्रेष्ठले विगत २ वर्षा देखी कोरोना महामारीका कारण शिक्षा क्षेत्र अस्तव्यस्त भैरहेका बेला विद्यालयले अनलाइन मार्फत गरेको सिकाइ र शिक्षककर्मचारीको कडा मेहेनतका कारण सिकाइलाइ निरन्तरता दिइ विद्यार्थीहरुलाई शिक्षणसिकाइमा जोड्न सफल भएको बताउनुभयो ।

उहाँले जिल्लामा शैक्षिक, खेलकुद लगायत विभिन्न क्रियाकलापमा वेष्ट पोइन्ट विद्यालयले यस सत्रमा विशेष रूपमा हासिल गरेको उत्कृष्टतामा सम्पूर्ण अभिभावक, शिक्षक, ब्यबस्थापन समिति, शिक्षक अभिभाबक संघ र विद्यार्थीहरुको सामुहिक प्रयास रहेकोले सबैलाई सम्मान गर्दै आगामी दिनमा यस्तै व्यापक सहकार्यको अपेक्षा समेत गर्नुभयो ।

कार्यक्रममा विद्यार्थीहरु कक्षा ८का छात्रा अनुभुति बानियाँ, कक्षा १२ का छात्र केशव रोका, विविएसका छात्रा निरुता बुढाथोकी र शिक्षककर्मचारीको तर्फबाट मनोज कुमार खड्काले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसनका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता, बेनी नगरपालिका उपप्रमुख सञ्जु बरुवालको प्रमुख आतिथ्यता, भाइस प्रिन्सिपल सरोज लकान्द्रीको स्वागत र अर्का भाइसप्रिन्सिपल कृष्ण जिसीको संचालनमा सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...