रघुगंगामा पारिवारिक निजी वन संघ

Shreekrishna hardware

बेनी । पारिवारीक निजी वन संघ, रघुंगगाको अध्यक्षमा धनबहादुर भण्डारी चयन हुनुभएको छ ।

भगवतिको शिब भ्यालीमा शुक्रबार सम्पन्न पालिका स्तरीय निजी बन किसानहरुको भेलाले भण्डारीको अध्यक्ष्इातामा संघको कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा रमाकुमारी कटुवाल, सचिवमा राजकुमार भण्डारी, सहसचिवमा राजकुमारी गर्बुजा, कोषाध्यक्षमा डम्मरकुमारी मल्ल चयन हुनुभएको संघका सचिब रश्मी बानियाले जानकारी दिनुभयो ।

Shreekrishna

सदस्यहरुमा ध्रुव सुवेदी, ओमकुमारी शाही, बोमाया पुन, अम्मरबहादुर खत्री, लिलबहादुर पुन र देव छन्त्याल चयन हुनुभएको छ । भेलालाई सम्बोधन गर्नुहुँदै गण्डकी प्रदेश सांसद बिनोद केसीले प्रदेश सरकारले बनाउन लागेको वन ऐनमा पारिवारिक निजी वन संघको माग सम्बोधनका लागि आफुले पहल गर्ने बताउनुभयो ।

????????????????????????????????????
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले पारिवारिक निजी वन संघलाई जिल्लाका सबै स्थानीय तहमा विस्तार गरी संघको निति, कार्यक्रम र उद्धेश्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पारिवारीक निजि वन संघ म्याग्दी शाखाका अध्यक्ष रेशम बहादुर बानियाँले रघुगंगा र मालिकामा पालिका स्तरीय समिति गठन गरिएको जानकारी गराउनुहुँदै जिल्लाका सबै पालिकामा विस्तार गर्ने योजना सुनाउनुभयो ।

उहाँले संघले निजी वन भएका किसानहरुको हक हित र अधिकारका लागि काम गर्ने बताउनुभयो । वन ऐन व्यवहारिक नभएको उहाँको भनाई थियो । वन ऐनका कारण किसानहरुले आफ्नो निजी स्वामित्वमा रहेको वन उपभोग गर्नबाट बञ्चित हुनुपरेको बानियाँले बताउनुभयो ।

उहाँले वन उद्यम स्थापनामा बाधकका रुपमा रहेको दुरी सम्बन्धी कानुनी प्रावधान तत्काल पुर्नविचार गरी उद्यम स्थापनाको लागि सरल र सहज वातावरण बनाई किसानहरुलाई आर्थिक तथा प्राविधिक सहयोग गर्ने नितिगत व्यवस्थालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । म्याग्दीमा १०४ जना पारिवारीक निजी वन संघ म्याग्दीमा आवद्ध छन् ।

कार्यक्रममा सामुदायीक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका सहसचिव सिता गुरुङ, पारिवारी निजि वन संघ म्याग्दीका कोषाध्यक्ष तथा केन्द्रीय न्यायीक समिति सदस्य रामबहादुर शाही, केन्द्रीय सदस्य रुमदेबी घर्ती मगर, वडा अध्यक्ष रिमबहादुर कटुवाल, जिल्ला समिति सदस्यहरुमा गंगा घर्ति मगर, नगेन्द्र बहादुर केसी, विष्णु गुरुङ, तेजकुमारी पुन, गंगाबहादुर बानियाँ लगायतको सहभागिता रहेको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...