जोमसोममा सूचना बिभागको घुम्ति शिबिर सम्पन्न

Gandaki Pardesh notice

जोमसोम । सूचना तथा प्रशारण बिभागको आयोजनामा दुर्गम हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा शुक्रबार घुम्ति शिबिर सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ मुस्ताङ शाखासँगको सहकार्यमा आयोजना भएको शिबिर दुई दिनसम्म सञ्चालन भएको थियो । शिबिरमा पत्रकार परिचयपत्र र अनलाइन सञ्चार माध्यमको दर्ता प्रमाणपत्र बितरण र नबिकरण सेवा दिइएको सूचना बिभागका शाखा अधिकृत बसन्तबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार १३ जनालाई पत्रकार परिचयपत्र (प्रेस पास) बितरण, सात वटा पत्रकार परिचयपत्र नबिकरण र एक वटा प्रेस पास प्रतिलिपी जारी भएको छ । यसैगरी म्याग्दीका तीन र मुस्ताङका एक वटा नयाँ अनलाइन सञ्चार माध्यम दर्ता भएका छन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

म्याग्दीबाट सञ्चालन हुने तीन वटा अनलाइन नबिकरण भएको छ । हिमाली जिल्ला मुस्ताङ र म्याग्दीका २३ जना पत्रकारहरुलाई क्षमता अभिबृद्धी तालिम दिइएको छ । हिमाली, दुर्गम र पिछडिएको क्षेत्रका पत्रकारहरुलाई जिल्लामै पुगेर सेवा दिइएको शाखा अधिकृत खत्रीले बताउनुभयो । प्रशिक्षक डा.बिजय मिश्रले तालिमको सहजिकरण गर्नुभएको थियो ।

सूचना तथा प्रशारण बिभागका महानिर्देशक गोगनबहादुर हमाल, अधिकृत खत्री, नायब सुब्बा दिनेश पाण्डे, कम्प्युटर अधिकृत सुवास राईको टोलीले घुम्ति शिबिरमा सेवा दिएको थियो । काठमाडौ पुगेर लिनुपर्ने सेवा जिल्लामै उपलब्ध हुदाँ पत्रकारहरुलाई राहत मिलेको नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष हरिकृष्ण गौतमले बताउनुभयो । पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकालीले शिबिर र पत्रकारिता तालिम प्रभावकारी भएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...