धवलागिरीका सबै वडामा बिद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप

Gandaki Ghumau

रुपेश सुबेदी
मुना,

। म्याग्दीको धवलागिरी गाउँपालिकाका सात वटै वडामा शुक्रबार एकै दिन बिद्यालय स्तरीय बिबिध अतिरिक्त क्रियाकलाप भएको छ ।
संगम म्याग्दीको आयोजना, गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र धवलागिरी गाउँपालिकाको समन्वयमा सामुदायिक विकास परियोजना मार्फत कार्यक्रम गरिएको हो ।
विद्यार्थिहरुलाई पढाईका साथसाथै अतिरिक्त क्रियाकलाप मार्फत सामाजिक तथा वौद्धिक विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको परियोजनाका शिक्षा बिकास अधिकृत चन्द्रप्रकाश बुढा मगर ले बताउनुभयो ।


विविध कार्यक्रम अन्तरगत वडा नं. १ मा १ कक्षा देखि ५ कक्षा सम्मका विद्यार्थीहरुको लागि चम्चा दौड, वडा नं. २ ६ कक्षा देखि ८ कक्षामा अध्ययनरत विद्यार्थीहरुको लागि हिज्जे प्रतियोगिता, वडा ३ मा १ देखि ५ कक्षासम्म अध्ययन गर्ने बालबालिकाको लागि चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो ।

Shreekrishna


यसै गरि वडा नं. ४ मुदी, खिवाङ्गमा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुको लागि वालविवाह न्युनिकरणमा बालबालिकाको भुमिका विषयक वक्तृत्वकला, वडा नं. ५ मल्कावाङ्गमा बालविवाह विषयक लोक गित प्रतियोगिता, वडा नं. ६ मा बालविवाह विषयक कविता प्रतियोगिता र वडा नं. ७ मा बालविवाह विषयक निवन्ध प्रतियोगिता सञ्चालन गरिएको थियो ।
चम्चा दौड प्रतियोगितामा मन कुमारी वि.क., धन कमारी छन्त्याल, सोफिया छन्त्याल, पुष्पा छन्त्याल अस्मिता वि.क. क्रमश, प्रथम देखि सान्त्वना भएका थिए भने तिन वटा विद्यालयबाट तिन तिन टोली सहभागि भएको हिज्जे प्रतियोगितामा लम्सुङ्ग मा.वि.का दुई टोली प्रथम र द्धितिय भए भने तृतिय स्थानमा खोरीया आ.वि. आउन सफल भयो ।

Gunasthariya Shiksya


चित्रकला प्रतियोगितामा धनजनता मा.वि.का दिलिप भन्डारी प्रथम, धवलागिरी आ.वि. मुना की स्नेहा पुन द्धितिय र धनजनताकै पारस वि.क. तृतिय हुन सफल भए । चन्द्रज्योति मा.वि. खिवाङ्गमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा बुद्धिविकास मा.वि. कि छात्रा अरुनिमा परियार प्रथम, चन्द्रज्योति मा.वि. छात्रा विन्दिका घर्ति द्धितिय चन्द्रज्योतिकै छात्र किरन सुनार तृतिय र वुद्धिविकास मा.वि. कि जमुना घर्ति र चन्द्रज्योति मा.वि.का अशोक रसाइली सान्त्वना भए ।


वडा नं. ५ मल्कावाङ्गमा आयोजना गरिएको लोकगीत प्रतियोगितामा महेन्द्र आ.वि. मलाम्पारकी छात्रा समिना छन्त्याल प्रथम, जनजागृति मा.वि. कि छात्रा कृति छन्त्याल द्धितिय र प्रिमा छन्त्याल तृतिय हुन सफल भए ।
वडा नं.६ मा आयोजना गरिएको कविता प्रतियोगिताको मा.वि. तहमा हरि पुन प्रथम प्रकृती सुवेदी द्धितिय र चन्द्रमा सुवेदी तृतिय त्यसैगरि नि.मा.वि. तहमा प्रथम राम चन्द्र घिमिरे, दोश्रो एन्जीला गर्बुजा र तेस्रो अन्जली बुढाथोकी भए । यसैगरी वडा नं. ७ मा भएको निवन्ध प्रतियोगितमा ताकम मा.वि. कि छात्रा अनुसा हर्मेल र प्रवेश पौडेल क्रमशः प्रथम र द्धितिय भए भने किसानी मा.वि. कि छात्रा देविना वि.क. तृतिय भए ।


कार्यक्रमको सहजिकरणमा सामुदायिक विकास परियोजनाका कर्मचारी र धवलागिरी गाउँपालिकाका कर्मचारीले गर्नुभएको थियो । साथै धवलागिरी गाउँपालिकाको शिक्षा शाखाबाट शिक्षा प्रमुख कमलप्रसाद ढकाल, स्रोत व्यक्ति गिरीप्रसाद छन्त्याल, प्राविधिक सहायक ख्यामराज सुवेदी लगायत जनप्रतिनिधिहरु आ–आफ्नो वडामा भएको कार्यक्रममा उपस्थित भएर सहभागिहरुको मनोवल बढाउन उत्प्रेरणा दिनुभएको थियो । समग्रमा कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको र आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु सञ्चालन गर्न विद्यालयहरुबाट अनुरोध गर्नुभएको शिक्षा बिकास अधिकृत बुढाले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...