जोमसोममा सूचना बिभागको घुम्ति शिबिर

Gandaki Pardesh notice


जोमसोम, । मुस्ताङको सदरमुकाम जोमसोममा बिहिबारदेखि सूचना तथा प्रशारण बिभागको आयोजनामा घुम्ति शिबिर शुरु भएको छ ।

नेपाल पत्रकार महासंघ मुस्ताङ शाखासँगको सहकार्यमा आयोजना भएको शिबिर दुई दिनसम्म सञ्चालन हुनेछ् ।

शिबिरमा पत्रकार परिचयपत्र र अनलाइन सञ्चार माध्यमको दर्ता प्रमाणपत्र बितरण र नबिकरण सेवा दिइने सूचना बिभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

हिमाली जिल्ला मुस्ताङ र म्याग्दीका पत्रकारहरुका लागि लक्षित गरेर शिबिरका साथै क्षमता अभिबृद्धी तालिम पनि सञ्चालन गरिएको छ ।

हिमाली, दुर्गम र पिछडिएको क्षेत्रका पत्रकारहरुलाई जिल्लामै पुगेर सेवा दिइएको महानिर्देशक हमालले बताउनुभयो । प्रशिक्षक डा.बिजय मिश्रले सहजिकरण गर्नुभएको तालिममा ३० जनाको सहभागिता छ ।

शिबिरको पहिलो दिन म्याग्दीका दुई वटा अनलाइन नबिकरण, एक वटा दर्ता, दुई वटा नयाँ पत्रकार परिचयपत्र बितरण र चार वटा नबिकरण गरिएको बिभागका शाखा अधिकृत बसन्तबहादुर खत्रीले बताउनुभयो ।

महानिर्देशक हमाल, अधिकृत खत्री, नायब सुब्बा दिनेश पाण्डे, कम्प्युटर अधिकृत सुवास राईको टोलीले घुम्ति शिबिरमा सेवा दिएको छ । काठमाडौ पुगेर लिनुपर्ने सेवा जिल्लामै उपलब्ध हुदाँ पत्रकारहरुलाई राहत मिलेको नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाका अध्यक्ष सुन्दरकुमार थकालीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...