लाम्पाटा–दरबाङ सडक अलपत्र

Sinchai Khanipani notice

बेनी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड अलपत्र परेको छ ।

गत बैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै शुरु भएको छैन् । मंगला गाउँपालिकाको लाम्पाटा देखि मालिकाको केन्द्र दरबाङ सम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभान जेभीले लिएको थियो ।

सडक बिस्तार गरेर कालोपत्रे गर्न सञ्चालित आयोजना अलपत्र पर्नुका साथै नागरिकलाई सास्ति भएको मंगला गाउँपालिका–२ रणबाङका मोतिलाल शर्माले बताउनुभयो ।

Shreekrishna hardwear in news

“अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपुर्ण यात्रा गर्नुपरेको छ,” उहाँले भन्नुभयो “पछिल्लो आठ महिनायता सडक निर्माणको काम ठप्प बनेको छ ।” सो ठेकेदारको जिम्मामा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ ।

बर्खामा खसेको पहिरो नफालिएकाले सडक साँघुरिएको छ । बलौटेमा म्याग्दी नदिले कटान गरेर जोखिम बनाएको छ । बिच सडकमा थुपारिएको माटो, ढुङ्गा र खाल्डाखुल्डीले सवारी साधन ठोक्कीने गरेको ट्याक्सी चालक प्रमोद भण्डारीले गुनासो गर्नुभयो ।

“खाल्डै खाल्डा भएको सडक छेउमा थुपारिएको माटो ब्यवस्थापन भएको छैन,” उहाँले भन्नुभयो “सडकको जिर्ण अवस्थाका कारण आवत जावतमा सास्तीका साथै गाडीका पाटपुर्जा बिग्रिएर हैरान भएको छ ।”

Bhautik ministry notice about road

लाम्पाटा देखि दरवाङ सम्म ८ किलोमिटर खण्ड सडक कालोपत्रे गर्न रु. २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । उसले हालसम्म पचास प्रतिशत निर्माण सकेको पुर्बाधार बिकास कार्यालय, म्याग्दीले जनाएको छ ।

कार्यालयका प्रमुख सन्तोष अर्यालले फोन सम्पर्क गर्दा आउछु आउछु भनेर प्रतिक्रिया दिने ठेकेदार कम्पनीका प्रतिनिधी नआएका र काममा फर्काउन ताकेता गरिएको बताउनुभयो । “पत्र र मौखिक रुपमा काममा फर्कन ताकेता गरेका छौ,” उहाँले भन्नुभयो “चैत सम्म थपिएको म्याद भित्र काम सक्न निर्देशन दिएका छौ । एक÷दुई दिनमा काममा फर्कने प्रतिक्रिया दिएका छन् ।”

बिरुवा–क्याराभानका प्रतिनिधी सोमनाथ गौचनले नदीजन्य निर्माण सामग्री (ढुङ्गा, गिट्टी र बालुवा) नपाएकाले सडक निर्माण प्रभाबित भएको बताउनुभयो । मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक तीन वटा प्याकेजमा स्तरोन्नति भइरहेको छ । पहिलो प्याकेजमा पर्ने बेनी देखि सिम सम्मको सडक कालोपत्रेको तयारी भएको छ ।

समानान्तर–लामा जेभीका आयोजना ब्यवस्थापक राजेश सदाले सात वटा प्याकेजमा नाली, पर्खाल निर्माण र कालोपत्रेका लागि रोडा बिछ्याएर रोलरले पेल्ने काम भइरहेको बताउनुभयो ।

बि.स २०७४ असोज ४ गते रु. ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । हालसम्म करिब ६५ प्रतिशत भौतिक प्रगति भएको पुर्बाधार बिकास कार्यालयले जनाएको छ ।

मंगला गाउँपालिकाको सिम देखि लाम्पाटा सम्मको ३ दशमलब ६१५ किलोमिटर सडक स्तरोन्नतिका लागि रु. दुई करोड ९५ लाख बजेट आएको र ठेक्का सम्झौताको तयारी भएको पुर्बाधार बिकास कार्यालयका प्रमुख अर्यालले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...