बेनीका ४७० योजना

Shreekrishna hardware

बेनी । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक बर्ष २०७८÷७९ मा ४७० वटा योजना कार्यान्वयन गर्ने भएको छ ।

३०८ वटा पुर्बाधार सम्बन्धी योजना र १६२ वटा कार्यक्रमहरु रहेका नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले पहिलो चौमासिकमा पुर्बाधार सम्बन्धी ३९ वटा योजनाको उपभोक्ता समिति मार्फत कार्यान्वयन शुरु गरेको जानकारी दिनुभयो ।

“रु. दश लाख भन्दा कम बजेटका योजना उपभोक्ता समिति र सो भन्दा बढी बजेटका योजना निर्माण ब्यवसायी मार्फत कार्यान्वयन गरेका छौ,” उहाँले भन्नुभयो “संघीय र प्रदेश सरकारसँग साझेदारीका योजनालाई ठेक्का प्रक्रियामा लगिएको छ ।”

Shreekrishna

सडक, सिचाई, खानेपानी, नदी तथा पहिरो नियन्त्रण, पदमार्ग र भवन निर्माण सम्बन्धी आयोजना धेरै छन् । रु. दुई लाख भन्दा कम बजेटका योजना वडाबाटै सम्झौता गर्ने ब्यवस्था मिलाइएको प्रशासकीय अधिकृत ढकालले बताउनुभयो । पुर्बाधार योजनाका लागि बिनियोजन भएको रु. १३ करोड ७७ लाख ५७ हजार मध्य सडकमा रु. दश करोड रहेको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

जिल्ला सदरमुकाम समेत रहेको नगरपालिकाको केन्द्र बेनी बजार र दश वटा वडाको केन्द्र जोड्ने सडकमा बाह्ै महिना नियमित सवारी सञ्चालनका लागि प्राथमिकताका साथ बजेट बिनियोजन गरेर योजना सञ्चालन गरेको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।

रावण पार्क, खुल्ला मञ्च बिस्तार, गलेश्वर–गिठिनी–पात्लेखेत सडक, अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक, कालीपुल बसपार्क, गौस्वारा तमाने खानेपानी योजना, एकिकृत जामुनाखर्क खानेपानी, खबरा खानेपानी योजना, क्याम्पसचोक तथा मंगलाघाट भेलबाढी नियन्त्रण र तातोपानी कुण्ड ब्यवस्थापन तथा प्राकृतिक चिकित्सालय सञ्चालन नगरपालिकाका गौरवका आयोजना हुन् ।

नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीले अधिकांश योजनाको डिजाइन र लागत अनुमान तयार भइसकेकाले सम्झौता गरी कार्यान्वयनको तयारी भएको बताउनुभयो । चालु आर्थिक बर्षमा चालुतर्फ रु. ४४ करोड ३५ लाख ९२ हजार बिनियोजन भएकोमा रु. १० करोड २७ लाख ८२ हजार र पँुजिगत तर्फ रु. २३ करोड ४५ लाख ६१ हजार मध्य एक करोड ७६ लाख ३६ हजार खर्च भएको नगरपालिकाले जनाएको छ ।

रु. चार करोड १२ लाख आन्तरिक आम्दानीको अनुमान गरेकोमा रु. एक करोड ६२ लाख राजस्व संकलन भएको उपप्रमुख सञ्जु बरुवालले बताउनुभयो । न्यायिक समितिमा दर्ता भएका १० वटा मुद्दा मध्य दुई वटा फस्यौट भएको, १३ हजार ४०७ जना नगरबासीलाई कोरोना बिरुद्धको पूर्ण खोप लगाइएको, बिपद्ले क्षति पुगेका ५७ घरलाई रु. ३२ लाख राहत बितरण गरिएको छ ।

३४८ जना जन्म, १२५ जना बिवाह, बसाईसराई ४४, १० सम्बन्ध बिच्छेद र ११० जना मृत्यु गरी कुल ६६८ जनाको ब्यक्रिगत घटना दर्ता भएको छ । तीन हजार रु. ७६० जनालाई तीन करोड २८ लाख सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...