बेनी खानेपानीको साधारणसभा

Shreekrishna hardware

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपुर्ति र बितरण गर्दै आएको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २२ औ बार्षिक साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ ।

साधारणसभाले बेनी बजारको खानेपानीको बितरण लाइन सुधार गर्न नयाँ आयोजना माग गर्ने, सघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय म्याग्दी मार्फत सञ्चालित खानेपानी शुद्धीकरण आयोजनालाई पुर्णता दिने, आगामी बर्ष लिफ्ट खानेपानी कार्यान्वयन गर्ने योजना पारित गरेको छ । साधारणसभामा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर केसीले बेनी बजारमा खानेपानी बितरणलाई नियमित, ब्यवस्थित र गुणस्तरीयता कायम गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय म्याग्दीका प्रमुख कुलप्रसाद पौडेल, संस्थाका पुर्ब अध्यक्ष सुबासकुमार श्रेष्ठ, पर्वत बेनी खानेपानी संस्थाका अध्यक्ष लोकनाथ रेग्मी, कुश्मा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष तेजेन्द्र सुबेदी, उपभोक्ता उत्तम कर्माचार्य, भोममाया तिलिजाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

Shreekrishna

संस्थाका अध्यक्ष माधबप्रसाद रेग्मीको अध्यक्षता, सचिब राजेन्द्रकुमार श्रेष्ठको सञ्चालन र उपाध्यक्ष रमेश गिरीको स्वागतमा सम्पन्न साधारणसभाले अध्यक्षको प्रगति र कोषाध्यक्ष टंक हमालले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन पारित गरेको छ । साधारणसभाको अवसरमा उत्कृष्ट कर्मचारी अर्जुन पौडेल, उपभोक्ता सुन्दरमान शेरचन र हिमबहादुर भण्डारीलाई सम्मान गरिएको थियो ।

Ban devision notice

संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना म्याग्दीले बेनी खानेपानी उपभोक्ता संस्थाले बितरण गर्दै आएको खानेपानीको क्षमता बढाएर गुणस्तर सुधार गर्न आयोजना शुरु गरेको छ । रु. ४२ लाख ८१ हजार ८२० रुपैयाँ लागतमा दुई लाख लिटर क्षमताको नयाँ रिजर्भ टंकी निर्माण भइसकेको छ ।

एक लाख लिटर क्षमताको टंकी चुहावट भएपछि त्यसलाई भत्काएर सोही ठाउँमा नयाँ टंकी बनाइएको हो । नयाँ प्रबिधिको सेडिमेशन र सो साण्डफिल्टर टंकी बनाउन लागिएको छ । बेनीमा बितरण हुने तीन वटै मुहानको पानी शुद्धीकरण हुन सकेको थिएन । सबै मुहानको पानीलाई प्रशोधन गरि गुणस्तरीय बनाउन शुद्धीकरण गर्न लागिएको हो । दुई वटा नयाँ टंकी निर्माण गर्न ठेक्का मूल्याङ्कनको चरणमा रहेको छ ।

आयोजना मार्फत कार्यान्वयन हुने गरि चालु आर्थिक वर्ष २०७८÷७९ मा म्याग्दी नदीको पानी पम्पिङ गर्न रु. चालीस लाख बिनियोजन भएको इञ्जिनियर प्रदिप रेग्मीले बताउनुभयो । बेनी नगरपालिकाको ७, ८ र २ नम्बर वडाका एक हजार ७० घरधुरीलाई बेनी खानेपानी उपभोक्ता संस्थाको रिठाखर्क, पुम्दी र कोप्रेको मुहानबाट प्रति सेकेण्ड ३३ लिटरका दरले पानी आपुर्ति हुने क्षमता छ ।
दैनिक पाँच लाख ६० हजार लिटरका दरले खानेपानी बितरण गर्दै आएको छ । २७ किलोमिटर दुरीको रिठाखर्क र पुम्दीको मुहानबाट आपुर्ति हुने पानी पहिरो र बेनी–जोमसोम सडकका कारण प्रभावित भएको छ ।

बिकल्पमा म्याग्दी नदीबाट प्रतिसेकेण्ड १५ लिटरका दरले पानी तान्ने लक्ष्य सहित आयोजना निर्माण गर्ने बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । क्षमता बिस्तार र गुणस्तर सुधार गरेपछि बेनीमा पर्याप्त मात्रामा खानेपानी आपुर्ति गर्न सकिने बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रेग्मीले बताउनुभयो ।

खडेरी, मुहान सुक्दा, पाईप फुटेको, पहिरोका कारण बेनीमा खानेपानी आपुर्ति बन्द भई हाहाकार मच्चिने समस्या छ । संस्थाले खानेपानी आयोजना निर्माण र क्षमता बिस्तार गर्न यसअघि नगर बिकास कोषबाट लिएको रु. एक करोड १४ लाख ३८ हजार ७२९ ऋण तिर्न बाँकी छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...