मुक्तिनाथले १४ औ स्थापना दिवस मनायो

Gandaki Ghumau

बेनी । बेनी नगरपालिका–८ न्युरोडमा रहेको मुक्तीनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बुधबार चौधौ स्थापना तथा बाहै हिरा स्मृति दिवस मनाएको छ ।

दिबसको अवसरमा सहकारीको सेवा केन्द्र भएको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट स्थित ज्ञानोदय माबिको दृष्टिबिहिन स्रोत कक्षामा अध्ययनरत १२ जना दृष्टिबिहिन बालबालिकाको सामग्री भण्डारणका लागि आवश्यक पर्ने रु. २२ हजार मूल्य बराबरको एक थान दराज र न्यानो कपडा बितरण गरिएको थियो ।

Gunasthariya Shiksya

सहकारीका अध्यक्ष लीलाराम गौतमको अध्यक्षता, मौवाफाँट सेवा केन्द्रका संयोजक जयराम सुबेदीको सञ्चालन र सहसंयोजक लक्ष्मीप्रसाद सुबेदीको स्वागत मन्तब्य तथा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तारानाथ सुबेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Shreekrishna

कार्यक्रममा संस्थाका पुर्ब अध्यक्ष सेरबहादुर केसी, सहकारीका सञ्चालक तथा संस्थापक हिराबहादुर केसीकी धर्मपत्नी देबी केसी र ज्ञानोदय माबीका प्रअ परशुराम गौडेलले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...