पात्लेखेतमा उद्यमशिलता बिकास तालिम

Sinchai Khanipani notice

बेनी । बेनी नगरपालिका–१० पात्लेखेतमा गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम अन्तगत आठ दिने उद्यमशिलता बिकास तालिम सम्पन्न भएको छ ।

मंसिर २० देखि २७ गतेसम्म सञ्चालन भएको २५ जना सहभागी तालिमको उद्यम बिकास सहजकर्ता सिता अर्मजा र सरिता शर्माले सहजिकरण गर्नुभएको थियो ।

Bhautik ministry notice about road

स्थानीय स्रोत साधन, प्रबिधी र सिपको प्रयोग गरि आयआर्जनमुलक कार्यमा आवद्ध गराउने उद्देश्यले आयोजित तालिममा ब्यवसाय छनौट, ब्यवसायिक योजना लगायतका बिषयमा सहजिकरण गरिएको थियो ।

Shreekrishna hardwear in news

तालिममा सहभागीहरुले सिलाई कटाई र तरकारी खेती सम्बन्धी उद्यम छनौट गरेका लघुउद्यमी समूहका अध्यक्ष गिता पाइजाले बताउनुभयो । यस बर्ष गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम सञ्चालन गर्न बेनी नगरपालिकाको १, २, ९ र १० नम्बर वडा छनौट भएको छ ।

यस बर्ष ९० जना नयाँ उद्यमी सिर्जना र ५० जना स्तरउन्नती गर्ने कार्यक्रम रहेको नगरपालिकाको मेड्पा कार्यक्रम फोकल पर्सन कुलचन्द्र रेग्मीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...