बेनी बचतद्धारा बैकल्पिक बिद्यालयलाई आर्थिक सहयोग

Gandaki Pardesh notice

बेनी । बेनी नगरपालिका–७ मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मंगलघाटमा रहेको उज्यालो बैकल्पिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।
२१ औँ स्थापना दिवसको अबसरमा मंगलबार आयोजित कार्यक्रममा सहकारीका अध्यक्ष रमेश गिरीले विद्यालयका अध्यक्ष राजेश शाक्यलाई २५ हजार ५५ रुपैयाँ हस्तान्तरण गर्नुभयो ।
सहकारीको समाजिक उत्तरदाहित्व अन्तरगत विभिन्न सामाजिक काममा सहयोग गर्दै आएको सहकारीले यस बर्ष बैकल्पिक विद्यालयलाई सहयोग गरेको सहकारीका अध्यक्ष गिरीले जानकारी दिनुभयो ।
सहयोग हस्तातरण कार्यक्रममा विद्यालयका अध्यक्ष शाक्यले विद्यालयबाट गत बर्ष ९ जना आमाहरुले विद्यालयबाट एसर्र्ईई पास गरेको बताउनुभयो । उहाँले पछिल्लो समय विद्यालय सञ्चालनमा आर्थिक अभाव हुन थालेको बताउदै सबैबाट आर्थीक संकलन गरेर ८ लाख बढी रकम संकलन गरेको जानकारी दिनुभयो ।
म्याग्दीका विभिन्न कारणले पढ्न नपाएका आमाहरुका लागि केही बर्ष अघि स्थापना भएको विद्यालयमा घरायसी काम सकेर आमाहरु विद्यालय जाने गरेका छन् ।
सहकारीका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन समिति, सल्लाकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव माधवप्रसाद रेग्मीले गर्नुभएको थियो ।

Bhautik ministry notice about road
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...